जेसीबी जेएस १२० एस्काभेटर



काठमाडौं
नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले एकसय २० टनको नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । काभ्रे इँटा व्यवसायी संघको तेस्रो वार्षिक साधारण सभाको अवसर पारेर जेसीबीले नयाँ जेएस १२० एस्काभेटर सार्वजनिक गरेको हो ।

जेसीबी जेएस१२० सेग्मेन्टकै सबैभन्दा उत्कृष्ट उत्पादनमध्ये पर्छ । प्रति घन्टा ८ प्रतिशत कम इन्धन खपत गर्ने यो एस्काभेटरको बकेट क्यापासिटी ०.५ देखि ०.६५ क्युबिक मिटरसम्म रहेको छ । यसको अधिकतम इन्जिन पावर ६० किलोवाट रहेको छ । जेएस१२० खनन् कार्य, सडक, इटा उद्योग र अन्य निर्माण कार्यको विश्वस्त सहकर्मी सावित हुने एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिंग डिजिएम दिपकराज गिरीले जानकारी दिनुभयो ।

अत्याधुनिक प्रविधिजडित जेएस१२० पुनेस्थित जेसीबी प्लान्टबाट उत्पादन हुने गर्छ । अन्य ब्रान्डका मेसिनहरुको तुलनामा यसको उत्पादकत्व बढी र मर्मत खर्च कम पर्ने पनि उनी बताउँछन् । नयाँ एस्काभेटरमा जेसीबी इकोम्याक्स इन्जिन लगाइएको छ । उच्च उर्जा शक्ति, लामो आयु, कम आवाज र कम कम्पन इकोम्याक्स इन्जिनका विशेषता हुन् ।

नयाँ एस्काभेटरमा अपरेटर रुम पनि ठालो र आरामदायी छ । जेसीबी जेएस१२० मा अत्याधुनिक टेलेम्याटिक्स प्रविधि लाइभलिंक जडान गरिएको छ जसमार्फत टाढैबाट मेसिनको पर्फमेन्स र इन्जिनको अवस्थालाई अनुगमन गर्न सकिन्छ । नयाँ मेसिनलाई नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र चित्रकार र काभ्रे इँटा उद्योग संघका अध्यक्ष जितेन्द्र खायमलीले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्