प्रथम महिला बुशराकी पुर्व पतिलाई रोक्ने प्रहरी अधिकार बर्खास्त



लाहौर (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीका पुर्व पतिलाई जाँच नाकामा रोक्ने एक वरिष्ठ प्रहरी अधिकारीलाई केन्द्रिय कार्यालयमा फिर्ता बोलाइएको छ ।

उक्त घटनालाई लिएर माफी माग्न अस्विकार गरेपछि उनलाई बर्खास्त गरिएको हो । पन्जाब सरकारले बुशरा बीबीका पुर्व पति खावर मनिकासँग माफी माग्न अस्विकार गरेपछि जिला प्रहरी अधिकारी रिजवान उमर गोन्डाललाई उनको पदबाट हटाइएको र लाहौर स्थित केन्द्रिय कार्यालयमा रिपोर्ट गर्न आदेश दिइएको छ ।

गत अगस्ट २३मा खावर मनिका लाहौरबाट पाकपट्टनतर्फ गइरहेका थिए । त्यहीबेला राती करिब १ बजे जाँच नाकामा उनलाई रोकेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए ।

उनले भने– पिकेटमा प्रहरीले मनिकालाई रोक्न संकेट दिएको तर उनी रोकिनन् । प्रहरीले उनको गाडीलाई पछ्याउँदै केहि किलोमिटर पर उनलाई पक्राउ गरियो । मनिकाले आफनो परिचय दिएपछि पनि नछोडेपछि प्रहरी अधिकारी विरुद्ध अपशब्द प्रयोग गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री उस्मान बुजदारले गत शुक्रबार यस विषयमा प्रहरी प्रमुखलाई सुचित गरेका थिए । उनले भने– मुख्यमन्त्रीले प्रहरी प्रमुखलाई मनिकाले आफुमाथि प्रहरी अधिकार गोंडालले दुब्र्यवहार गरेको गुनासो गरेको बताएका थिए । त्यसका लागि उनले माफी माग्नु पर्ने बताएका थिए । तर गोंडाले माफी माग्न अस्विकार गर्दै उसले केही गल्ती नगरेको बताए ।

यसमा मुख्यमन्त्रीले उनलाई बर्खास्त गर्न आदेश दिए ।
गोंडाललाई प्रधानमन्त्री इमरान खानको निर्देशनमा हटाइएको पनि ती अधिकारीले बताए । उक्त घटनाका विषयमा बुशरा बीबीले उनको अगाडी कुरा राखेकी थिइन् । विपक्षी पीएमएल–एनले यस मामिलामा हस्तक्षेप गर्न इमरान खानको आलोचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्