रसियामा शितयुद्ध पछिको पहिलो विशाल सैनिक अभ्यास



मस्को,(एजेनस्ी)
अमेरिकासंगको शितयुद्धको समाप्तीपछि रसियाले विशाल सैनिक अभ्यास गर्ने योजना बनाएको छ । आगामी महिना आयोजना हुन लागेको यस अभ्यासमा ३ लाख सैनिकको सहभागिता रहने बताइएको छ ।

रुसी रक्षामन्त्री सेर्गेइ सोइगुले मध्य र पुर्वी रुसी सैनिक क्ष्ँेत्रहरुमा हुनलागेको यस अभ्यासमा चीन र मंगोलियाका सेनाले पनि भाग लिन लागेको बताएक छन् । सोइगुले ‘ भोस्तोक – २०१८ ’ नाम दिइएको यस युद्ध अभ्यासलाई सन् १९८१ को सोभियत संघ कालिन सैनिक अभ्याससंग तुलना गरेका छन् । त्यतिवेलाको सैनिक अभ्यास उत्तर एटलान्टिक सन्धि संगठन ( नेटो ) विरुद्धको नाटकिय आक्रमणमा आधारित थियो ।

हाल नेटो र रसियाबिच तनाव बढिरहेकोबेला यो विशाल सैनिक अभयास हुन लागेको हो । सन् २०१४ मा रसियाले युक्रेनको भुभाग क्रिमिया माथि कब्जा जमाउँदा नेटोले विरोध गरेको थियो ।

रसियाले पुर्वी युरोपमा आफ्नो फौजको उपस्थितीलाई बढाउादै पुर्वी युक्रेनमा रहेका रुस समर्थित लडाकुहरुलाई समर्थन गर्दै आएके छ । रसियाले नेटोको सैन्य विस्तार अनुचित र निहुँ खोज्ने खालको जनाएके छ ।
सोइगुले आगामी ११ देखि १५ अक्टोवर सम्म चल्ने उक्त भोस्तोक – २०१८ मा ३६ हजारवटा टैंक र शसस्त्र बख्तरबन्द गाडी तथा १ हजार वटा भन्दा बढि लडाकु विमान प्रयोग हुने बताएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रसिया प्रति गैर मित्रतापुर्ण र आक्रामक रहेको वर्तमान अन्तर्राष्ट्रिय परिस्थितीलाई मध्य नजर राख्दा यो अभ्यास जायज रहेको विचार व्यक्त गरेका छन् ।

पेस्कोभले यसमा चीनको सहभागितालाई भने रसिया र बेइजिंगको हरेक क्षेत्रमा आपसी सहयोग हुनेगरेको पुष्टि गर्ने स्पष्ट पारेका छन् । रसियाको शसस्त्र फौजको कुल संख्या करिव दस लाख रहेको छ । यस अभ्यासमा अर्धसेना र जलसैनिक फौजको उत्रर बेडाको पनि सहभागिता रहने बताइएको छ । गत वर्ष रुसको पश्चिमी क्षेत्रमा रसिया र वेलारुसबिचको एउटा सानो परिमाण्को सैनिक अभ्यास भएके थियो ।

प्रतिक्रिया दिनुहोस्