हवाइ सेवामा आवद्ध ठूलो जनशक्तिको खाँचो हुने



बेइजिंग,(एजेनसी)
यदि तपाईं राम्रो जागिरको खोजिमा हुनहुनछ भने एउटा एयरलाइनर पायलटको तालिम लिएर चीनमा जानु भए हुन्छ । बोइंग विमान कम्पनीले एसिया प्यासिफिकलाई आगामी दुई दशक भित्र थुप्रो संख्यामा पायलट , प्राविधिज्ञ र क्याविन क्रुको आवश्यक हुने भविष्यवाणी गरेको छ ।

क्षेत्रिय आर्थिक वृद्धिको कारण सम्पत्ति र यात्रा बढ्ने हुँदा आगामी सन् २०३७ सम्ममा थप २ लाख ४० हजार पायलट र ३ लाख १७ हजार क्याविन क्रु आवश्यक हुने अनुमान गरिएको छ ।

ति मध्ये पचास प्रतिशत कर्मचारी चीनलाई चाहिने बताइएको छ । आगामी दशक भित्र थुप्रै उमेर पुगेका पायलटले अवकाश प्राप्त गर्न लागेकाले पनि नागरिक उडयन सेवा लगायत हेलिकोप्टर पर्यटन र निजी जेट विमान उडानका लागि थुप्रो संख्यामा यस्ता ेजनशक्रिको खाँचो हुने बताइएको छ ।

बोइंगले चीनलाई १ लाख २८ हजार ५ सय , दक्षिणपुर्वी एसियालाई ४८ हजा र५ सय र दक्षिण एरियालाई ४२ हजार ७ सय ५० जना पायलको आवश्यकता हुन सक्ने अनुमान गरेको छ ।

यसैगरी एसिया प्यासिफिक नयाँ विमान पनि धेरै संख्यामा आवश्यक हुने बताइएको छ । अमेरिकी हवाई अन्तरिक्ष तथा प्रतिरक्षा परियोजनाले आगामी दिनहरुमा आफुले निर्माण गर्न लागेको ४० प्रतिशत नयाँ यात्रुवाहक विमान एसिया प्यासिफिक एयरलायनसहरुलाई उपलब्ध गराइने जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्