बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापनः आजदेखि ४ दिन पुरानो बसपार्क बन्द, उच्च सुरक्षा सतर्कता



नेपाल समाचारपत्र, काठमाडौं ।
बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्ने भन्दै काठमाडौंमा रहेको पुरानो बसपार्क मंगलबारदेखि बन्द गरिएको छ।

चौथो बिमस्टेक सम्मेलन भदौ १४ र १५ गते हुने भएकाले पूर्व तयारी एवं ट्राफिक व्यवस्थापन तथा बसपार्क मर्मतका लागि भदौ १२ देखि १६ गतेसम्म बसपार्क बन्द हुने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । बिहान ६ देखि बेलुकी ६ बजेसम्म ४ दिन बसपार्क बन्द गरिएको महानगरपालिकाले सुचना जारी गरको छ ।

बसपार्क बन्द भएपछि अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने ठूला यात्रुबाहक सवारीसाधनलाई कोटेश्वरबाटै ड्राइभर्सन गरी सातदोबाटो, कलंकी हुँदै नयाँ बसपार्कतर्फ पठाइएको छ।बिहानैदेखि बसपार्क बन्द हुँदा गाडी चढ्ने ठाउँ नभएपछि यात्रुहरू अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्