छुरा प्रहारको आरोपमा वडा सदस्य पक्राउ



सरोज यादव, मोरङ ।
मोरङको उर्लाबारी वडा नं. ६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन् । आइतबार राती ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेका थिए । तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यलाई ज्यान मार्ने उद्योगअन्तरगत मुद्दा चलाइएको छ । उर्लाबारी–५ स्थित एरोमा होटलमा असार ७ गते शाक्यले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् । शाक्य उर्लाबारी उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्