प्रदेश ५ को विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ



वुटवल ।
प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा कमलराज श्रेष्ठ चएन हुनुभएको छ । गुल्मीवाट निर्वा्चित प्रदेश सभा सदस्य श्रेष्ठ समितिको सभापतिमा चएन हुनुभएको हो । उहाँ नेकपाको तर्फवाट प्रतिनिधित्व गर्नुहुन्छ ।
सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो ।
जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो । श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराउनु भएको थियो ।
समितिमा ११ जना प्रदेश सभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्