निर्मला हत्या प्रकरणः बैतडीमा आज पनि बिरोध प्रदर्शन



विनोद सिंह विष्ट, बैतडी ।
बलात्कारपछी हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको हत्यारालाई कार्बाहीको माग गर्दै सोमवार पनि बैतडीमा बिरोध प्रदर्शन गरिएको छ ।
वास्तवीक दोषी छिटो पत्ता लगाउनुपर्ने माग गर्दै बैतडीको शिवनाथ गाउँपालिकामा बिरोध प्रदर्शन गरिएको स्थानिय विरेन्द्र महताले जानकारी दिए । शर्मालीमा गरिएको बिरोध प्रदर्शनमा बलात्कारी फासी दिनुपर्ने, महिलामाथि हुने हिंंसा अन्त्य हुनुपर्ने नारा लगाएका थिए । महिलाहरुले हरेक क्षेत्रमा हिंसामा परेकाले उनीहरुमाथि हुने हिंसा न्यूनीकरण गर्न कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरुको माग रहेको छ । यसअघि पनि बैतडीका विभिन्न स्थानमा बिरोध ¥याली सहित प्रर्दशन गरिएको थियो ।


साउन १० गते बलत्कारपछी हत्या गरिएकी निर्मलाको हत्यारा भनि मानसिक सन्तुलन गुमाएका भिमदत्तनगरपालिका १९ का दिलिपसिह विष्टलाई भदौ ४ गते प्रहरीले सार्वजनिक गरेको थियो । वास्तविक हत्यारालाई लुकाउन खोजेर मानसिक सन्तुलन गुमाएका विष्टलाई प्रहरीले सार्वजनिक गरेको भन्दै स्थानिय बासिन्दाले भदौ ५ गतेदेखि कञ्चनपुरमा आन्दोलन गर्दै आएका छन् । आन्दोलन चर्किदै गएपछी बिहीवार मात्रै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई गृह मन्त्रालय तानेको थियो । यसका साथै सरकारले एक छानबिन टोली समेत कञ्चनपुर पठाएको थियो ।

शुक्रवार मात्रै उग्र आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरमा एक बाललको मृत्यु भएको थियो भने केही प्रर्दशनकारी घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्