रेडियो अपरेटर तालिम सम्पन्न



काठमाडौ(नेस) । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा संचालित छैठौं समूहको “ रेडियो अपरेटर ग्रेड टु “ तालिम सोही निर्देशनलयमा आइतबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

सो अवसरमा सोही निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजिब सुब्बाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिममा सिकेका सैद्धान्तिक र व्यवहारीक ज्ञानलाई कार्य क्षेत्रमा ईमान्दार एवं लगनशील भई लागू गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा तालिम प्रमुख प्रहरी निरीक्षक जयशंकर शर्माले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २७ कार्य दिन अवधीको उक्त तालिममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्