कानुन आफै जानुन



संसारमा सबै भन्दा धेरै नियम र कानुन बनाउने देश कुन हो भनेर बिश्व हाजिर जवाफ प्रतियोगिता हुने हो भने त्यसको सहज उत्तर आउछ नेपाल यसमा कसैको दुई मत नहोला । नेपाल कानुन बनाउ छ तर कार्यान्वयन गर्दैन भनेर कसैले प्रश्न ग¥यो भनेपनि त्यसको सहज उत्तर हो नेपाल । कानुन बनाउने तर कार्यान्वयन नगर्ने नेपालको दशकौं अघिको रोग हो ।

नेपालमा छुवाछुत अन्त्य भएको २०२० सालमा नै हो । तर अहिले सम्म छुवाछुत अन्त्य भएको छैन । कसैले कसैलाई मधुवा मजदुर बनाउन पाइदैन भन्दै कानुनले निषेध गरेको पनि एक दशक भइसक्यो अहिले सम्म बधुवा मजदुरको अन्त्य भएको होईन । कानुनले निषेध गर्ने तर ब्यवहारमा भने कहिल्यै अन्त्य नहुने देशका हामी जनता नयां मुलुकी ऐन आयो भनेर रोइलो गर्नेहरुलाई धरहराले एउटा सुझाव दिन लागेको छ । कार्यान्वयन नहुने कानुनको बिरोध गरेर बेटरी खर्च नगर्न धरहराले सुझाव नै दिएको छ है ।

राम्रो काम गर्नेलाई कानुनले कहिल्यै बाधा गरेको छैन फट्याई गर्नेलाई त कानुनले किन छाड्थ्यो र भन्या ? यसरी आत्तिनु पर्ने कारण छैन बिदेशीको पैसामा सेमिनार गर्ने होईन त्यो पैसा गरिवीकालागि खर्च गर्न धरहराले डलरवादीलाई सुझाव दिएको छ है । माने मान्नुस नमाने नमान्नुस यहांको जो मर्जी है ।

प्रतिक्रिया दिनुहोस्