करिनाको रेट ७ करोड !



बलिउड नायिका करिना कपुर आमा बनेपश्चात् फिल्म वीरे दि वेडिङमा खेलिन्। जुन फिल्मले बलिउडको बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भयो।

अब उनी छिट्टै अर्को फिल्म तख्तमामा आउँदै छिन्। यो फिल्मसँगै उनले आफ्नो पारिश्रमिक पनि बढाएकी छिन्। खबरअनुसार २ वर्षपछि फिल्ममा कम ब्याक गरेकी उनले कमब्याक फिल्म सफल भएपछि एकाएक आफ्नो भाउ बढाएकी हुन्। भारतीय सञ्चार माध्यमले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा फिल्म वीरे दि वेडिङमा ७ करोड रुपियाँ पारिश्रमिक लिएकी उनले आगामी फिल्मका लागि भने १० करोड रुपियाँ लिने भएकी छिन्। करण जौहरको मल्टी स्टार फिल्ममा उनका अलावा रणवीर सिंह, आलिया भट्ट, जान्हवी कपुरलगायत कलाकारले पनि अभिनय गर्नेछन्।

बलिउडमा हालै नायिका प्रियंका चोपडा र दीपिका पादुकोणले पनि आफ्नो पारिश्रमिक बढाएका थिए। आफ्ना समकक्षीहरूले पारिश्रमिक बढाएपछि अब करिनाले पनि उही लिस्टमा पुग्नका लागि भाउ बढाएकी हुन सक्ने चर्चा समाचारमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्