हिमालको भिडियो सार्वजनिक



गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ गीत तिमी जाने म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

यो युगल गीतमा गायक श्रेष्ठलाई गायिका शशी रावलले गायनमा साथ दिएकी छिन्। पछिल्लो समय गायनका साथै मोडलिङमा समेत सक्रिय हुँदै आएका गायक श्रेष्ठले तिमी जाने गीतको म्युजिक भिडियोमा आफैंले अभिनय गरेका छन्। अभिनयमा उनलाई मोडल सुस्मिता केसीले साथ दिएकी छिन्। भिडियोमा हिमाल र अस्मिताको जोडी आकर्षक देखिएको छ। सुरेश राईको शब्द तथा संगीतको गीतमा र्यापर बिन श्रेष्ठको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोको निर्देशन प्रसन्न पौडेलले गरेका हुन्। भिडियोमा पोखरा तथा वरपरका आकर्षक लोकेसन कैद गरिएका छन्। विदुर पाण्डेद्वारा छायांकन गरिएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्