विपद् व्यावस्थापन सम्बन्धि तालिम सम्पन्न



लमजुङ (नेस)
लमजुङको रागिनास नगरपालिकास्तरीय विपद् व्यावस्थापन दुई दिने तालिम गरिएको छ । नगरपालिकाका जनप्रतिनिधीहरू तथा वडास्तरीय विपद् व्यावस्थापन समितीलाई विपद् व्यावस्थापन सम्बन्धी तालिम दिइएको हो ।

सो तालिम रागिनास नगरपालिका र कोपाडेसद्वारा सञ्चालीत जिविकोपार्जन पुर्नालाभ सहयोग परियोजनाको आयोजनमा गरिएको जिविकोपार्जन पुर्नालाभ सहयोग परियोजनाको कार्यक्रम संयोजक अमृत ध्वज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिममा विपद्को परिचय, आपत्कालीन अवस्था, जोखिम न्युनीकरण, जोखिम पूर्वानुमान, पूर्वचेतावनी, खोज तथा उद्धारकार्य, पुर्नस्थापना, जलवायु परिवर्तन, सुरक्षाका उपायहरु, विपद अघिको समय, विपद्को समय र विपद््पछिको समयमा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी गराइएको थियो । यसैगरी, नगरपालिकास्तरीय विपद् तथा जलवायु उत्थान परियोजना सम्बन्धी कार्ययोजना बनाउने तरिका पनि सो अवसरमा सिकाइएको प्रशिक्षक विमल घिमिरेले बताउनु भयो । उहाँका अनुसार तालिममा अजय श्रेष्ठेले पनि प्रशिक्षण दिनुभएको थियो ।

सो तालिमको समापनमा नेकपाका प्रतिनिधि मातृका खनाल, काँग्रेसका नगर प्रमुख जगत कट्टेल, राप्रपाका जिल्ला अध्यक्ष इन्द्रबहादुर मल्ल र नयाँ शक्तिका जिल्ला संयोजक राजु थापाले मन्तव्य राखेका थिए । उनीहरूले मन्तव्यमा विपद्को समयमा जनप्रतिनिधीहरू चनाखो भएर काम गर्नुपर्ने बताए ।

सोही नगरका प्रमुख सिंहबहादुर थापाले जोखिम न्युनिकरणका लागि सवै वडाका वडाध्यक्षलाई आफ्नो क्षेत्रका जनतालाई विपद् सम्बन्धी सुसुचित गर्न अनुरोध गर्नुभयो । उहाँले नगरपालिकाका १० वटै वडामा भदौ २० गतेदेखि २४ गतेसम्म विपद् जोखीम न्युनिकरणका लागि वडास्तरीय विपद् व्यावस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने कार्यक्रम छ । सो तालिम रागिनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्