चार स्वर्ण जितिन् इकीले



इन्डोनेसियामा जारी एसियाडमा जापानकी रिकाको इकीले पौडीमा चार स्वर्ण जितेकी छिन् । महिलाको ५० मिटर बटरफ्लाई, १ सय मिटर बटरफ्लार्ई, १ सय मिटर फ्रि स्टाइल र ४ गुणा १ सय मिटर फ्रिस्टाइलमा इकीले स्वर्ण जितेका हुन् । यो सफलतापछि उनलाई जापानमा हुने टोक्यो ओलम्पिकमा पौडीमा वर्चश्व बनाउन सक्ने खेलाडीको रुपमा हेरिएको छ ।

१८ वर्षीया इकीले ४ गुणा १ सय मिटर फ्रिस्टाइलमा २५.५५ सेकेण्ड समयको एसियन गेम्स कीर्तिमानसहित स्वर्ण हात पारिन् । १ सय मिटर फ्रिस्टाइलमा उनले चीनिया खेलाडीसँग पछि परेर पनि ५३.२७ सेकेण्डमा स्वर्ण जितेकी थिइन् । यो समय पनि सो विधामा एसियन गेम्समा कीर्तिमान हो । इकीले चीनीया खेलाडीलाई नै पछाडि पारेर बटरफ्लाईमा पनि स्वर्ण हासिल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्