ब्राजिल फुटबलका पूर्वअध्यक्षलाई जेल



लन्डन, (एजेन्सी)
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोसे मारिया मरिनलाई भ्रस्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ ।
बुधबार ब्रुकलिन फेडेरल कोर्टले ८६ वर्षीय मरिनलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाएको हो । सरकारी वकीलले उनीमाथि १० वर्षको जेल सजाय माग गरेपनि ढल्कंदो उमेर र खराब स्वास्थ्यका कारण उनको सजाय अवधि कम गरिएको हो । जेल सजायका साथै उनलाई १२ लाख डलर जरिवाना समेत सुनाइएको छ ।

सन् २०१५ मा जुरिचको एक होटलबाट फिफा अधिकारीहरु पक्राउ पर्दा उनी पनि त्यसमा सामेल थिए । कोपा अमेरिका प्रतियोगिताको प्रसारणका लागि सम्झौता गर्ने क्रममा घुस लिएको उनले स्वीकारेका थिए । यसअघि फिफाको भ्रस्टाचार काण्डमा दर्जनौ ब्यक्तिमाथि कारवाही गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्