नेपाली विज्ञापन र कृति अवार्ड



-निर्मलराज पौडेल
विभिन्न चुनौतीहरुलाई पार गर्दै नेपाली विज्ञापन जगत निरन्तर अगाडी बढीरहेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रले स्वीकार गरेको आर्थिक उदारीकरण नीतिले यस जगतको विकासलाई नयाँ गति प्रदान गरेको छ ।

त्यसैगरी भँमण्डलीकरणको प्रभाव, बढ्दो उपभोक्ता सचेतना र सञ्चार गृहको संख्यामा वृद्धि जस्ता कारकतत्वहरुले यसलाई संस्थागत रुपमा सुदृढ गरिरहेको छ । साँच्चै भन्ने हो भने विज्ञापन क्षेत्रले आज आफँलाई एक गतिशील उद्योगको रुपमा उभ्याईरहेको छ ।अहिले करिब ७ र८ अर्ब रुपैया बराबरको बार्षिक कारोबार गर्ने नेपाली बिज्ञापन बजारको प्रति वर्ष १५ र २० प्रतिशतको दरले वृद्धि भइरहेको छ ।यसैगरी यस क्षेत्रले लाखौलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरी देशको सामाजिक आर्थिक उन्नतिमा पनि टेवा पु¥याउँदै आइरहेको छ ।

समयक्रम संगै नेपाली विज्ञापनको प्रकृति र स्वरुपमा ठँलो रुपान्तरण भइरहेको हामी सबैले महसुस गरेका छौ । सुरुमा परम्परागत सञ्चार माध्यमहरु जस्तै छापा, टेलिभिजन र रेडियोमा सीमित विज्ञापनले आज कोब्रान्डीङ जस्ता अत्याधुनिक रुप ग्रहण गरिसकेको छ ।

नेपाली विज्ञापन उद्योगको संरचनालाई बदलिँदो सामाजिक र आर्थिक परिवेश अनुसार समायोजन गर्न देशका बिज्ञापनकर्मी एवं अन्य सम्बन्धित व्यवसायीहरुको छाता संगठन आनले महत्वपूर्ण भँमिका खेलिरहेको छ ।यस द्वारा क्लिन फिड नीतिको कार्यान्वयन, एड ट्रयाकिंग प्रणालीको स्थापनाको लागी पहल भइरहेको छ ।

क्लिन फिड नीतिले नेपाली आकाशमा निर्वाध रुपले विदेशी च्यानलद्वारा प्रसारित कमार्सियललाई नियन्त्रण गरी नेपाली विज्ञापन बजारको विद्यमान आकारमा दुई गुणाले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।त्यसैगरी एड ट्रयाकिंग प्रणालीले छापा बिज्ञापन सम्बधि सम्पँर्ण आवश्यक सँचनाहरुको संग्रह र व्यवस्थापन गरी विज्ञापनकर्ता, विज्ञापन एजेन्सी र सञ्चार गृहहरुको दैनिक कार्य सम्पादनमा सहयोग गर्न सक्दछ । अर्को तर्फ नेपाल सरकार द्वारा प्रदान गरिएको २० रोपनी जग्गामा निर्माण गर्न लागिएको अन्तराष्ट्रिय स्तरको मिडिया सेन्टरले नेपाली सञ्चारको एकीकृत विकासमा महत्वपँर्ण योगदान पु¥याउने सम्भावना रहेको छ ।

राष्ट्रको विज्ञापन जगतको श्रीवृद्धिको लागी आनले चालेको अर्को महत्वपँर्ण कदम कृति अवार्ड हो । विज्ञापनमा अन्तर्निहित सिर्जनाको सम्मान गर्ने उदेश्यले यस अवार्डको स्थापना २०६० सालमा गरिएको थियो ।कृति अवार्डको अवधारणाले नेपाली विज्ञापनको गुणस्तरीयता र प्रभावकारितामा निरन्तर नयाँ आयामहरु थपिरहेको छ भन्दा अत्युक्ति नहोला । यस एवार्ड बाट विज्ञापन चक्रका सबै साझेदारहरुले ‘विज्ञापन एजेन्सी, बिज्ञापन कर्ता, सञ्चार गृह र उपभोक्ता’ लाभ उठाइरहेका छन् ।

आफ्नो सृजनशील कार्यको कदर र प्रसंसा हुने भएकोले विज्ञापन एजेन्सीहरु आफ्नो कार्यशैलीलाई रणनीतिगत एवं प्रविधिगत हिसाबले परिस्कृत गर्न उन्मुख छन् । त्यसैगरी विज्ञापनकर्ताहरुले ‘व्यापारिक घराना, उद्योग’ इत्यादि आफ्नो वस्तु वा सेवाको प्रभावकारी प्रर्वद्धन गर्दै लगानीको उचित प्रतिफल पाइरहेका छन् । अर्को तर्फ उपभोक्ता र मिडिया च्यानलहरुले कलात्मक, मौलिक र नवीन विज्ञापनहरु हेर्ने र प्रसारण गर्ने अवसर प्राप्त गरेका छन्। यसैगरी कृति एवार्डको दायरा पनि उल्लेखनीय रुपले विस्तार भई यो अझ प्रभावकारी बनिरहेको छ ।केवल ४ विधा बाट प्रारम्भ गरिएको यस कार्यक्रममा हाल २८ विधामा पुरस्कारहरु वितरण गरिन्छ्र अत्यन्त सीमित संख्यामा मात्र विज्ञापन एजेन्सीहरुको सहभागीता हुने कृति एवार्डमा अहिले सयौं विज्ञापन र मिडिया सम्बन्धी संस्थाहरुले भाग लिइरहेका छन् । स्थापनाकाल देखि आज सम्म आइपुग्दा यस समारोहले राष्ट्रको समस्त मिडिया जगतको सबै भन्दा भव्य महोत्सवको रुप लिएको कुरामा कुनै सन्देह छैन ।

यति हुँदाहुँदै पनि कृति एवार्डको अवधारणालाई समयानुकँल परिष्कृत र परिमार्जित गर्नुपर्ने टड्कारो रहेको छ । बिशेषतः यस समारोहको निर्णय प्रक्रियालाइ अझै निष्पक्ष र पारदर्शी बनाउन केही सुधारका प्रयासहरु गरिनु तर्क संगत देखिन्छ ।कृतिको प्रत्येक विधामा उत्कृष्ट ५ मनोनयन गर्ने निर्णायक मण्डलमा केवल एजेन्सी र मिडियासंग आवद्ध व्यक्तिहरुलाइ मात्र सहभागी बनाउने परिपाटीको अन्त्य हुनु पर्दछ ।

एशियाली राष्ट्रहरुमा रहेका विज्ञापन संघहरुको महासंघ आफाको सदस्यको नाताले आनका प्रतिनिधिहरुलाई अन्य मुलुकमा आयोजना गरिने बिज्ञापन एवार्ड समारोहको निर्णायक टोलीमा समावेस गरिदै आएको छ । उदारणका लागि दक्षिण कोरियामा प्रत्येक बर्ष आयोजना हुने बिज्ञापन अवार्ड समारोह एड स्टार्सको निर्णायक टोलीमा नेपाल लगायत अन्य विदेशी मुलुकको विज्ञापन विज्ञहरुको अनलाइन भोटिंङ्ग मार्फत सहभागिता हुँदै आएको छ । त्यसैले कृति अवार्डको पनि उत्कृष्ट ५ मनोनित बाट विजयी चयन गर्ने निर्णायक जुरीमा विदेशी बिज्ञापन विज्ञहरुको ५० प्रतिशत सहभागिता गराउन सकिन्छ ।यसो भएमा कृति अवार्डमा अन्तर्राष्ट्रिय आयाम थपिएर यो अझ बढी मर्यादित र विश्वसनीय बन्न सक्छ ।

कृति अवार्डलाइ ब्यापक राष्ट्रिय महत्व बोकेको महोत्सबको रुपमा प्रस्तुत गर्न एसएमएस भोटिंङ्ग मार्फत सबैभन्दा लोकप्रिय विज्ञापन छानेर यसलाई राष्ट्रपति वा प्रधानमन्त्रीको हातबाट सम्मानित गरिने व्यवस्था गरिनु वाञ्छनीय देखिन्छ । यस्तो विज्ञापन छनोट ७५ दशमबल ५ एसएमएस भोटिंग र बाँकी २५ दशमलब ५ जुरी को निर्णयमा आधारित भएर गर्न सकिन्छ । उत्कृष्ट ५ मनोनित बाट विजयी हुनेलाई पुरस्कृत गर्ने कार्यक्रमलाई मँल समारोह बनाई सबै भन्दा लोकप्रिय विज्ञापनलाई सम्मानित गर्न अर्को सहायक कार्यक्रम गर्नु पनि व्यावहारिक रुपले उपर्युक्त देखिन्छ । कृति अवार्डको अन्तरवस्तुमा यस्ता केही सुधारका प्रयासहरु भएमा यस एवार्ड समारोहलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै रुपमा साच्चै नै गरिमामय बनाउन सकिने छ ।
लेखक नेपाल बिज्ञापन संघ ‘आन’का पूर्व अध्यक्ष हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्