निर्मला हत्या प्रकरणः महेन्द्रनगरमा उग्र प्रदर्शन



कञ्चनपुर,  कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन गरेका छन् । बजार बन्द गरिएको छ ।

भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीले सोमबार मानसिक सन्तुलन गुमाएका एक व्यक्तिलाई हत्यारा भएको भन्दै सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले मुख्य दोषीको खोजी गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच केही समय अगाडि झडपसमेत भएको छ । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि दुई सेल अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

बालिका पन्तको हत्या गरी शव उखु बारीमा फेला परे देखिनै निरन्तररुपमा हत्यारा पत्ता लगाई कारवाही गर्न माग गर्दै प्रदर्शन हुँदै आएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्