कांग्रेस सुदृढीकरण अभियानमा लागेको छः पूर्वमन्त्री विश्वकर्मा



विनोद सिंह विष्ट, बैतडी ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीनबहादुर विश्वकर्माले नेपाली कांग्रेसलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । पूर्व आपूर्ती तथा वाणिज्य मन्त्री समेत रहनुभएकाले विश्वकर्माले मंगलवार जिल्ला कार्यसमिति बैतडीको बैठकलाई सम्बोधन गर्नुहुदै नेपाली कांग्रेस सुदृढीकरण अभियानमा लागेको बताए। पार्टीभित्र रहेका गुटउपगुट अन्त्य हुदै गएको छ उनले भने“देश र जनताका लागी भएपनि एक हुनुको विकल्प छैन”
यसैबिच नेपाली कांग्रेस बैतडीमा देखिएको विवाद साम्य भएको कांग्रेस बैतडीले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीनबहादुर विश्वकर्माको रहोबरमा बसेको जिल्ला कार्यसमितिको बैठकले विवाद निरुपण गरेको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । नेपाली कांग्रेसको उपसभापतिमा चतुरबहादुर चन्दलाई सभापति नरेन्द्रसिंह थापाले गरेको प्रस्तावका बिषयमा पछि छलफल गर्ने सहमति भएको छ । चतुरबहादुर चन्दले आफूले शिक्षक पदबाट राजीनामा दिएको बिषयमा जिल्ला कार्यसमितिलाई कागजात पेश गर्नुपर्ने र त्यसपछि सभापतिको प्रस्तावमाथि छलफल हुने जनाईएको छ ।
बैठकले कांग्रेसको जिल्ला सचिवमा प्रेमबहादुर चन्द र सहसचिवमा कर्णबहादुर बोहरालाई मनोनित गर्ने निर्णय गरेको छ । यस्तै पूर्णानन्द लेखक, खगेन्द्रसिंह धामी, रमेशसिंह भण्डारी, टेकराज जोशी, रमेश कोली,हिमालयबहादुर चन्द,जयबहादुर कुवर र देवदत्त भट्टलाई जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गर्ने निर्णय समेत भएको छ ।
यो संगै नेपाली कांग्रेस बैतडीमा देखिएको विवाद अन्त्य भएको नेताहरुले दाबी गरेका छन् । यस्तै पार्टीले अब वडादेखि पालिकाहरु सम्म संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि भएको कोषाध्यक्ष पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्