कर प्रसाद



केही साता अघि धेरै नेपालीलाई करबारेको समाचार हेर्न, पढ्न, सुन्न रहर हुन्नथ्यो । बहुसंख्यकले करैले मात्र करको समाचार नियाल्थे । तर हिजो–आज करबारेको समाचार पढ्ने, हेर्नेहरुको जमात ह्वात्तै बढ्या छ । अर्थात् करको समाचार पढ्न, हेर्न कर गरिरहनु पर्दैन ।

ओली सरकारले जनतालाई ‘कर’ बम्पर उपहार दिएको छ । हरेक क्षेत्र र सेवामा कर बढाइएको भनेर सर्वत्र आलोचना भइरहेको छ, तर पीएम ओली भन्छन्–‘करबारे अतिरञ्जित ढंगमा प्रचार–प्रसार भइरहेको छ ।’ ६ महिना पुग्या सरकारले राम्रो र उदाहरणीय काम केही ग¥या भए पो जय–जयकार गाउनु अनि घर–घरमा मैनबत्ति बालेर दिपावली मनाउनु ।

कर बारे ओलीका फ्यान चुपचाप बसेपनि काँग्रेस सहित केही प्रतिपक्षी दललाई मसला बन्या छ । उनीहरुलाई सदनदेखि सडकसम्म ओलोचना गर्ने खुराक बन्या छ । करकै विषयमा कटाक्ष गर्दै काँग्रेस नेता अमरेस संसदमा भन्दैथिए–‘सामाजिक सञ्जालमा करको विरोध व्यापक बन्या छ, अब म पनि प्रधानमन्त्रीलाई कर प्रसाद भनौ कि क्या हो ।’

अमरेसले ढिलै गरी संसदमा त्यस्तो कुरा राख्या हुन् । तर धरहराले धेरै दिन अघिदेखि नै पाटी पङ्तीमा त्यस्तो सम्बोधन हुन थाल्या देख्या छ । नेकपाका कार्यकताले खुलेआम रुपमा त्यसरी सम्बोधन नगरेपनि पार्टी अध्यक्ष एवं पीएमलाई खुसुखुसु ‘कर प्रसाद’ भन्न थाल्या धेरै दिन भयो ।

प्रतिक्रिया दिनुहोस्