सिप्रदीद्वारा आयोजित रोड सेफ्टी फेन्सी ड्रेस प्रतियोगिता सम्पन्न



काठमाडौं, (नेस)
टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले विद्यार्थी, शिक्षक र सञ्चालकलाई सडक सुरक्षा र ट्राफिक नियमका बारेमा सचेत गराउन विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

यसै सन्दर्भमा सडक सुरक्षा फेन्सी ड्रेस प्रतियोगिता प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा ‘सुरक्षाका लागि पोशाक लगाऔं’ भन्ने नाराका साथ सम्पन्न भयो । सिप्रदीले यस वर्ष विभिन्न कार्यक्रम गरी ६४ हजारभन्दा धेरै विद्यार्थीलाई सचेत गराउन सफल भएको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सडक सुरक्षा प्रमुख र चिन्तालाग्दो विषय भएको उल्लेख गर्दै हरेक व्यक्ति समान खुबीले समान रुपमा सक्षम रहेको बताउनुभयो । उहा“ले सबै नेपालीलाई सुरक्षा नियम पालना गर्न र सभ्य बन्न पनि अनुरोध गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रहरी उपरीक्षक (एसपी) राजकुमार लम्सालले कार्यक्रममा सडक सुरक्षाको सवालले प्राथमिकता पाएकोमा खुसी व्यक्त गर्नुभयो । केन्द्रीय प्याब्सनका उपाध्यक्ष दीपिका थापाले बालबालिकालाई सुरक्षा नियमको पालना गर्न प्रोत्साहन गर्नुभयो ।

सडक सुरक्षाप्रति आफ्नो महŒवपूर्ण पहल देखाउनका लागि १५ वटा विद्यालय प्रतियोगितामा सहभागी थिए । सबै विद्यालयको सुरक्षाको बारेमा आफ्नै नारा थियो र उनीहरुले सुरक्षातर्फ सम्मान देखाउँदै परेड पनि प्रस्तुत गरे । विद्यार्थीले ट्राफिक बत्ती, ट्राफिक कोन, जेब्रा क्रसिङ, परावर्तन हुने ज्याकेट, मादक पदार्थ सेवन गरी सवारी नचलाउने विषयवस्तु समेटिएको घाइते मानिस, हेल्मेट लगाउनेलगायतका सन्देश दिने खालका सडक सुरक्षासम्बन्धी सिर्जनशील विचार रहेका पोशाक लगाइरहेका थिए ।

प्रतियोगितामा रुपि इन्टरनेसनल स्कूलले समग्र सुरक्षा सन्देशमा सर्वोत्कृष्टको पदक पाएको थियो । त्यस्तै, हेराल्ड बोर्डिङ स्कूल सर्वोत्कृष्ट सुरक्षा परेडको पदका पाएको छ ।

नाइटिंगेल स्कूलका स्वर्ण सिंह (कक्षा ७) सबैभन्दा सिर्जनशील कस्ट्युम (ट्राफिक लाइट लगाएको) को विजेता बने भने रुपि इन्टरनेसनल स्कूलका एकता ढकाल (कक्षा ६) लाई सर्वोत्कृष्ट प्रस्तोताको रुपमा छानियो ।

उनीहरुलाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मान गरिएको थियो ।
कार्यक्रम समापन गर्दै सिप्रदी ट्रेडिङका सीओओ राजेशप्रसाद गिरीले हाम्रो बसको कुराको पछाडि सुरक्षा हाम्रो नियन्त्रणमा भएको सबैले सुरक्षा नियमको पालना गर्नुपर्ने र कुनै पनि अनिश्चितताबाट आफूलाई जोगाउन सुनिश्चित गर्नुपर्ने मान्यता भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्