राप्रपाका सबै केन्द्रीय पदाधिकारी पदमुक्त



नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकले संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुर्नगठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई हिजो सोमबार बाट पदमुक्त गरिएको निर्णय गरेको छ ।

बैठकले गत जेठमा विरगंजमा सम्पन्न केन्द्रीय परिषद बैठकले निर्देश गरे बमोजिम विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन प्रस्तुत गरेको छ । उपसमितिले प्रस्ताव गरे अनुरुपको प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।

संशोधित विधानमा केन्द्रिय कार्यसमिति २ सय ७७ सदस्यीय हुने उल्लेख गरिएको छ । जसमा ५० प्रतिशत महाधिवेशन बाट निर्वाचित हुने र ५० प्रतिशत अध्यक्ष बाट मनोनित गरिने छ । सोमबार बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले प्रत्येक जिल्लाबाट कम्तिमा एक÷एक जनाको केन्द्रिय कार्यसमितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरि निर्वाचन निर्वाचन गरिने निर्णय पनि गरेको छ ।

बैठकले गत जेठमा सम्पन्न केन्द्रीय परिषद बैठकको निर्णय अनुसार देशका सवै प्रदेश र स्थानीय तहहरुमा पार्टीको संगठनलाई सुदृढ ढंगले पु¥याउन विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यस क्रममा संगठन बिभाग र हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियान सम्बन्धि दुई छुट्टाछुट्टै कार्ययोजनालाई बैठकले अनुमोदन प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्