कालीमाटीमा बिचौलियाको दादागिरी, सरकार लाचार कि ‘तरकारी माफिया शक्तिशाली ?



हेमन्त जोशी, काठमाडौं

सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो । शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदश्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्ग्दारहेछन ्? र कती मुल्य बढाइँदोरहेछ ?’

अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बीलबीजकलगायत कागजात माग्यो । तर उक्त सामानको कुनै पनि कागजात नभटिएपछि अनुगमन टोलीले प्रहरी प्रशासनको सहयोगमा उक्त गाडी नियन्त्रणमा लियो । त्यतिबेलासम्म बजारमा ठँलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरु जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरुको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन ।

त्यसपछि अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अध्यक्ष, निर्देशक, व्यापारीहरुका प्रतिनिधि संस्थाका सदश्यसँग उक्त विषयमा छलफलमा व्यस्त भए । त्यतिबेलासम्म बाहिर ठँलै भीड र हल्लीखल्ली शुरु भइसकेको थियो ।

अनुगमन टोली, समितिका पदाधिकारी र व्यवसायीका प्रतिनिधिको छलफल चलिरहेको बेला कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडाले बाहिर ठँलो संख्यामा व्यवसायी जम्मा भएकाले अनुगमन टोलीलाई असुरक्षा हुनसक्छ भनेर सचेत गराए । हुन पनि त्यो बेला सम्म व्यवसायीहरुले कालीमाटी बजारको मुख्य गेट नै बन्द गरिसकेका थिए । त्यसपछि टोलीले तालुखवाला मन्त्रालय, प्रहरी प्रशासन, जिल्ला समन्वय समितिलगायतलाई आफुहरु असुरक्ष्ँित हुनसक्ने भन्दै सुरक्षाका विषयमा जानकारी गराए ।

अनुगमनका क्रममा अवरोध देखिएपछि उद्योग, वाणिज्य तथा आपँर्तिमन्त्री मातृकाप्रसाद यादवको नेतृत्वमा मन्त्रायका सचिव चन्द्र कुमार घिमिरे, सहसचिवद्धय नवराज ढकाल र रविसंकर सैंजु, आपँर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन टोलीले स्थलगत निरीक्षण ग¥यो ।

अनुगमन टोलीलाई कालीमाटी बजार अनुगमन गर्ने क्रममा अबरोध गरेको भन्दै विभागले उजुरी दिएपछि प्रहरीले कालीमाटी फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको छ भने अर्का व्यवसायी बिमल ढुंगाना भने फरार छन् । यसैगरी तरकारीको उत्पादन देखी कालीमाटी थोक बिक्रेता बजारसम्म आइपुग्दा तरकारीको मुल्यवृद्धिका सम्बन्धमा अनुगमन गर्दा एकजना चालक र दुईवटा सवारी साधनमा रहेको तरकारीको खरीद बिक्री बिल पेश नगरेकाले वृतमा पठाइएको छ ।

ना ४ च ६६३४ का चालक सुदीप दराईलाई नियन्त्रणमा लिइएको छ भने अर्को गाडीका चालक फरार छन् । विभागले पक्राउ परेका व्यक्तिले सरकारी टोलीलाई छेकबार गर्ने, नाराजुलुस गर्ने, धम्काउने जस्ता क्रियाकलाप गरी अनुगमन कार्यमा बाधा अबरोध गर्ने काम गरेकाले आवस्यक कारबाही गर्न भन्दै प्रहरी लाई पत्र पठाएको छ ।

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र तरकारी तथा फलफूलको मँल्य अस्वाभाविक रुपमा बढीरहेको भन्ने गुनासो प्राप्त भएको आधारमा कालीमाटीमा छापा मारिएको थियो । केही समय अघि विभागको अनुगमन टोलीले काठमाडौं भित्रिने तरकारीका वास्तविक किसानसम्म पुगेर उनीहरुले पाउने मुल्यका विषयमा अध्ययन गरेको थियो । उक्त अध्ययनपछि किसानले पाउने मुल्य र बजारमा उपभोक्ताले तिर्ने मुल्यबीच निकै अन्तर रहेको निश्कर्षमा विभाग पुगेको छ ।

स्थलगत निरीक्षण पछि मन्त्री यादवले जनताको भान्सासम्म पुग्ने तरकारीको सिण्डिकेट अन्त्य गर्न सरकार कडाईका साथ लागेको बताउनुभयो । किसानलाई कम मुल्य दिई उपभोक्ताबाट बढी रकम असुल्ने विचौलिया नियन्त्रण गरी तरकारीको उत्पादक र उपभोक्ताबीचको दुरी न्युन गरी नियमित अनुगमन गरिने समेत मन्त्री यादवको भनाइ छ । उहाँले उक्त कार्यमा जुनसुकै तत्वले व्यवधान गर्ने खोजे पनि सरकार पछि नहट्ने बताउनुभयो ।

यसैबीच नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघले मंगलबार एक विज्ञप्तिमार्फत देशभर तरकारी तथा फलफुल नबेच्ने घुर्की लगाएको छ ।

‘ म त किसान हुँ, व्यापारी हैन…
सुख दोर्जे गोले, नियन्त्रणमा लिइएको सामानका मालिक
मेरो घर बारा जिल्ला निजगड नगरपालिका वडा नंम्बर १३ डम्बरपुर हो । म व्यापारी होईन, किसान हुँ । मैले आफैले उत्पादन गरेको ६÷७ क्विन्टल फर्सी पनि बेच्न ल्याएको छु । सबै फर्सी मेरो भने होईन ।

यसमा मेरा आफन्तहरुको पनि छ । अहिले मकै उखालेर खेत जोत्ने बेला हो । मकै बालीमा लगाएको फर्सी गाउँमै नकुहियोस् भनेर यता बेच्न ल्याएको हुँ । कालीमाटीमा ल्याएर फर्सी झार्नै लाग्दा विभागको अनुगमन टोली आएर मसँग फर्सीको बीलबिजक माग्यो । मसँग भ्याटबील, व्यवसाय दर्ता, किसानसँग संकलन गरेको रकमको बील केही पनि छैन ।

किसानले त्यो राख्नुपर्छ भन्ने पनि थाहा भएन । करीब ४५ हजार रुपियाँ बराबरको सामान हो । गर्मी ठाउँबाट ल्याएको फर्सी हो । एक दुई दिनमै बेचिएन भने त्यो कुहिन्छ । गाडी एक ट्रिपको लागी भनेर १३ हजार रुपियाँ भाडा तिरेर ल्याएको हुँ । त्यो गाडीको ड्राईभरलाई थुनिएको छ । उसको झन् के दोष !

प्रतिक्रिया दिनुहोस्