१३ वर्षिया बालिकाको बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ



काठमाडौं ।
१३ वर्षिया बालिकाको बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्त दिलिपसिंह बिष्टलाई २५ औं दिनमा प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले विष्टलाई पक्राउ गरेको हो । बिष्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ ।

अदालतबाट थुनामा राख्न म्याद लिएपछि उनलाई आजै सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको छ ।
पक्राउ परेका बिष्ट पहिला पनि अपराधमा जेल परेर छुटेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्