डोटीमा एउटै गाईले पायो ३ वटा बाच्छि



मोहन बोगटीको गाईले पाएका बाच्छिहरु । तस्विर: विमल विष्ट/ डोटी

विमल बिष्ट, डोटी ।
डोटीको जोरायल गाउपालिका ५ धुपारी स्थित मोहनबहादुर बोगटीको गाईले ३ वटा बाच्छि पाएको छ ।

स्थानिय जातको उक्त गाईले ३ वटा बाच्छि पाएपछि उनको घरमा उक्त बाच्छि हेर्न आउनेको भिड लाग्ने गरेको स्थानियबासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘गाईले ३ वटा बाच्छि पायो,सबै स्वस्थ छन्,लक्ष्मिको संज्ञा दिदै हेर्नेको भिड लागेको हो ।’

एउटै गाईले ३ वटा बाच्छि पाएको डोटीमा पहिलो घटना भएको भन्दै स्थानियहरु चकित परेका छन् ।

गाईले ३ वटा बाचिछ पाएपछि अहिले दुध खुवाउन समस्या भएको किसान मोहनबहादुर बोगटीले बताउनु भयो । गाईले पाएका ३ वटा बाच्छि मध्ये एउटा बाच्छि भने गाईले कुल्चेर मरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्