कोटेश्वरमा सधैँ ट्राफिक जाम, वैकल्पिक उपाय किन खोजिँदैन ?



हिजोआज काठमाडौंको कोटेश्वर क्षेत्रमा सधैँ ट्राफिक जाम हुने गरेको छ । यहाँको ट्राफिक जाम व्यवस्थापन गर्न ट्राफिकले जति नै मरिहत्ते गरे पनि कम हुन सकेको छैन ।

काठमाडौंको तीनकुनेदेखि भक्तपुरको कौशलटारसम्म सधैँजसो जाम हुने गरेको छ । कौशलटारबाट तीनकुनेसम्म हिँड्दा आधा घण्टामा सजिलै पुगिन्छ भने गाडीबाट यो दूरी पार गर्न १ घण्टा लाग्ने गरेको छ । त्यसैले यो समस्या कम गर्न तुरुन्तै वैकल्पिक उपाय गरिहाल्नुपर्ने देखिन्छ ।

बिरामी, अशक्त अनि हतारमा हुने व्यक्तिलाई धेरै कठिनाइ पर्ने गरेको छ । एम्बुलेन्स, दमकल, सुरक्षार्थ खटिएका प्रहरी एवम् सेनाका सवारीसाधन अनि भैपरि आउँदा सञ्चालन हुने साधनहरु पनि बीचमै अलपत्र पर्ने अवस्था आएकाले सरकारको ध्यान यतातिर मोडिनुप¥यो । सम्बन्धित निकायका विज्ञहरुको सुझाव संकलन गरी सोही अनुसार यहाँको समस्या समाधान गर्न जरुरी भइसकेको छ ।

दीर्घकालीन समाधानका लागि योजना बनाउँदै गरे हुन्छ तर तत्कालका लागि अल्पकालीन योजना ल्याइहाल्नुप¥यो ।
– सबिन प्रजापति र आयुष्मान थापा
बालकोट, भक्तपुर

प्रतिक्रिया दिनुहोस्