खानलाई ओलीको बधाई



काठमाडौं, (नेस)
नवनियुक्त पाकिस्तानी समकक्षी इमरान अहमद खानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिनु भएको छ ।

आफ्नो सन्देशमा ओलीले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै खानको आगामी कार्यकालको सफलताको कामना व्यक्त गर्नु भएको छ । सन्देशमा भनिएको छ–‘पाकिस्तानी जनताको विश्वासले तपाई नेतृत्वमा आउनु भएको छ, कार्यकालको सफलताको कामना गर्न चाहन्छु ।’

खानले पाकिस्तानका २२ औं प्रधानमन्त्रीका रुपमा शनिवार पद तथा गोपनियताको सपथ लिनु भएको छ । उहाँलाई इस्लामाबाद स्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्