एक कफीबाट भूराजनीतिमा हलचल !



लसएन्जेल्स, (एजेन्सी)
अमेरिकाको एउटा बेकरीमा ताइवानी राष्ट्रपतिलाई एक कप कफीले स्वागत गरिँदा सो घटनाले भूराजनीतिक वृत्तमा हलचल पैदा गरेको छ। एकजना ताइवानी नागरिकको स्वामित्वमा रहेको ८५ सि बेकरी क्याफेको लस ऐन्जेल्स शाखामा गत आइतबार अचानक पुगेकी ताइवानी राष्ट्रपति साइ इंगवेनलाई स्वागत स्वरूप कफी पिलाइएको थियो।

तर अधिकांश चिनियाँ ग्राहकहरूले यस घटनाप्रति आक्रोस व्यक्त गर्दै चीनको मुख्यभूमिमा रहेका उक्त क्याफेका शाखाहरूलाई बहिष्कार गर्न आह्वान गरेका छन्। चीनले ताइवानलाई आफ्नै भूभाग भएको दाबी गर्दै आएको छ।

त्यसकारण ताइवानलाई स्वतन्त्र राष्ट्रको दर्जा मिल्ने खालको जुनसुकै घटनाप्रति पनि चिनियाँ जनताले तत्कालै प्रतिक्रिया दिने गरेका छन्। चीनले विश्वका अन्य मुलुकहरूले चीन वा ताइवानसँग मात्र कूटनीतिक सम्बन्ध राख्नुपर्ने दुवैसँग त्यस्तो समबन्ध राख्न नहुने अडान दोहर्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्