शिल्यान्यास भएको १० वर्ष पछि बल्ल थालियो पुल निर्माण



महेश न्यौपाने, रोल्पा ।
पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम संग जोड्ने माडीखोला पुल शिल्यान्यास भएको १० वर्षपछि बल्ल निर्माण कार्य आरम्भ गरिएको छ । निर्माण व्यवसायीले संझौता वमोजिम निर्माण कार्य नगरेपछि ठेक्का तोडेर नयाँ निर्माण व्यवसयीलाई कामको जिम्मा दिएसंगै पुनः निर्माण कार्य अघि बढेको हो ।

२०६५ सालमा तत्कालिन मन्त्री वर्षमान पुन र ह्दयश त्रिपाठीले संयुक्त रुपमा शिल्यान्यास गरेको सो पुल निर्माण व्यवसायीको लापरवाहीले निर्माण कार्य अवरुद्ध भएको थियो । काठमाण्डौको लामा एडी एण्ड धर्मेन्द्र जेभी निर्माण कम्पनीले सडक विभाग संग संझौता गरि निर्माण कार्यको जिम्मा लिएको थियो ।

पुलको एउटा पिलर ठडाएर लामो समय सम्म वेवारिसे वनाएको पुललाई निरन्तता दिन रोल्पाको सर्वपक्षिय टोली प्यूठानमा रहेको शडक डिभिजन कार्यालयमा डेलिगेशन गएपछि स्थानीय प्रशासनको समेत दवावका कारण २०७१ सालमा पुनः एउटा पिलर ठड्याएको सो निर्माण कम्पनीले त्यसपछि निर्माण कार्य ठप्प पारेको थियो ।

यातायात संचालनको वैकल्पीक व्यवस्थाका लागि पुल निर्माण स्थल नजिक वेलि व्रिज जडान गरिए संगै अस्थायी रुपमा समस्या समाधान भएको थियो । वेलि व्रिजवाट दीर्घकालिन रुपमा समस्या हल नहुने भन्दै जिल्लाका नागरिकहरुको वारम्वारको खवरदारी संगै सरकारले लामा एडी एण्ड धमेन्द्र जेभि संग संझौता तोडेसंगै गत आषाढमा पुन अर्को निर्माण कम्पनीसंगै पुल निर्माणका लागि संझौता गरेको वताइएको छ ।

सत्र महिना भित्र निर्माण सम्पन्न गर्न एशियाटिक निर्माण कम्पनी मुख्य पाटी रहने गरि राज कन्टक्सन रोल्पाले निर्माण कार्यको जिम्मेवारी पाएको छ । ३ करोड ५१ लाखको लागतमा निर्माण सम्पन्न गर्ने संझौता गरिएको निर्माण कम्पनीले जनाएको छ । भाद्र १ गते देखि नै निर्माण कार्य आरम्भ भएकाले तोकिएकै समयमा निर्माण कार्य पुरा हुनेमा आफु आशावादी रहेको निर्माण व्यवसायी राजवीर घर्तीमगरले जानकारी दिए । निर्माण स्थलमा रहेको कडा चट्यान काट्नु पर्दा केही कठिनाई हुन सक्छ घर्तीले भने ।

पुल निर्माण भए पछि पश्चिम रोल्पा सदरमुकाम संग स्थायी रुपमा जोडिने छ । तरकारी, फलफुल, कुखुरा, घिउ वोका जस्ता कृषि उपज राम्रो उत्पादन हुने पश्चिम रोल्पाको उपज अव सहजै सदरमुकाम आउने भएपछि किसानहरु खुसी भएका छन । वेलि व्रीज वने पछि अस्थायी रुपमा समस्या हल भए पनि पक्की पुल निर्माणले स्थायी रुपमै समस्या समाधान हुदा आफुहरु खुसी भएको कृषक हर्कमान पुनले वताए ।

पूर्व सभामुख ओनसरी घर्ती र वर्तमान सरकारका सिचाई, जलश्रोत तथा उर्जामन्त्री वर्षमान पुनको पुख्यौली घर नजिकै रहेको सो नदिमा निर्माण आरम्भ भएको लामो समय सम्म पुल नबन्दा आलोचना हँुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्