राप्ती ववई यूवा मञ्चद्धारा राप्तीका नेतासंग भेट



दाङमा कृषि विश्वबिद्यालय सम्भावनाः जनार्दन शर्मा
काठमाडौँ ।
राप्ती ववई यूवा मञ्चले राप्तीबाट प्रतिनीधीत्व गर्ने राजनीतिक दलका नेताहरुसंग छलफल गरेको छ । मञ्चले प्रतिनीधी सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’, हिराचन्द्र केसी, प्रदेश सभा सदस्य उत्तरकुमार वली लगायतका नेताहरुसंग भेट गरेको हो ।

भेटमा नेताहरुले दाङ र समग्र राप्तीको विकास र समृद्धिका लागि केन्द्रमा आवाज उठाउने प्रतिबद्धता जनाएको मञ्चका सचिब गोपाल रेग्मीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । भेटमा प्रतिनीधी सभा सदस्य प्रभाकरले कम्युनिस्ट सरकारलाई फेल गराउन नकारात्मक प्रचार गर्न थालिएको भन्दै विकासका लागि कर तिर्नु स्वभाबिक रहेको बताउनुभयो ।

उहाँले दाङमा कृषि विश्वविद्यालय सम्भाबना युक्त ठाउँ रहेको बताउनुभयो । यस्तै, प्रतिनीधी सभा सदस्य केसी, प्रदेश सभा सदस्य वलीले बिकासका लागि आफुहरु लागी परेको प्रतिवद्धता व्यक्त गर्नुभयो । मञ्चले दाङको बिकासका लागि काठमाडौंमा रहेका सरोकारवालालाई निरन्तर ध्यानाकर्षण गराउने मञ्चका सचिब गोपाल रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्