अवैध गाँजा खेती नष्ट गर्दै प्रहरी



सिर्जना पन्त, बागलुङ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले पश्चिम क्षेत्रका विभिन्न स्थानमा गर्दै आएको अवैध गाँजा खेती नष्ट गरेको छ । यही साउन २५ गते देखी २९ गते सम्म १ हजार २ सय ८५ रोपनी क्षेत्रफलमा गर्दै आएको गाँजालाई प्रहरी परिचालन गरेर नष्ट गरेको जनाएको छ ।

बागलुङका प्रहरी प्रमुख दिपक रेग्मीको नेतृत्वमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट २१ जनाको टोलीले यही साउन २६ गते निसिखोला गाउँपालिका–६ मा पर्ने रिङवाङ र चेलबाङ भन्ने स्थानमा ३ सय ५० रोपनी क्षेत्रफलमा लगाएको गाँजा फँडानी गरेको छ ।

यस्तै ओसाङ, खुर्चुङ, चुसिवाङ, तिघ्रापानी, रिनवाङ, सिप र सिर्पाङ भन्ने स्थानमा ३ सय रोपनीमा गरी ६ सय ५० रोपनी क्षेत्रफलको गाँजा खेती नष्ट गरिएको हो । विभिन्न इलाका प्रहरी कार्यालय, बुर्तिबाङ, गल्कोट क्षेत्रमा प्राकृतिक रुपमा रहेको खेतीलाई नष्ट गरिएको प्रहरी उपरिक्षक रेग्मीले बताउनुभयो । इलाका प्रहरी कार्यालय भिमगिठेबाट प्रहरी नायव निरिक्षक सहित १८ जनाको टोलीले बडिगाड गाउँपालिका–८ मा पर्ने खोलाखर्क, तिनधारे, खानीडांडा, चापट, पाईजाटोल, धारटोल, गुरुङडांडा, हेल्मेडांडा, भेडिखोर र किया खोररे भन्ने स्थानमा ३ सय ३५ रोपनीमा रहेको गाँजा र पोखरीडाँडामा ५० रोपनीमा रहेको गाँजा फँडानी गरिएको प्रहरीले जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय ताराखोलाबाट २६ जनाको प्रहरी टोलीले ताराखोला गाउँपालिका–४ मा पर्ने नेपाने, नविलीखोला, मजुवा, तिनकाटे, उपल्लो हिले, खोलाखर्क र ऐ.ऐ. वडा नं. ५ स्थित नाङ्गीगाँउ, औँलादी, सानो हिले, ठुलो हिले, सिप र अर्खातुङ भन्ने स्थनामा १ सय ८५ रोपनीमा फँडानी गरिएको हो । यस्तै वडा नम्बर १ भुस्कात, माझखर्क, वडा नम्बर–२ अर्गल, खलडाँडा, सिरुखु, हिमया र सिले एवं वडा नम्बर–३ को दोप्ता, बहराहाखोला, पधेराखोला र हिले गाँउ भन्ने स्थानमा ६५ रोपनी गरी जम्मा २५० रोपनी क्षेत्रफलमा रहेको अवैध गाँजा जलाएर नष्ट गरिएको जानकारी गराइएको छ ।

यस्तै बडिगार्ड गाउँपालिका–८ को तिनधारे, खोलाखर्क, भेडिखोर र निसीखोला गाउँपालिका–६ मा रहेको सिप, चेल्माहर, सर्पडांडा, बिवाङ भन्ने ठाउँमा गत बर्ष गाँजा खेती गरेकोमा अहिले मकै तथा आलु खेती लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्