आखेटोपहारसहित पाँच जना पक्राउ



काठमाडौँ । संरक्षित वन्यजन्तुका ३८ थान दाह्रा र ६ वटा नङ्ग्रासहित पाँच जना पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरोले ओखलढुङ्गाको लिखुगाउँपालिका–९ का महेश राई, मिलन सुवेदी र प्रतिरोध सुवेदी तथा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका–९ का पूर्णबहादुर तामाङ र मोरङको कानेपोखरी गाउँपालिका–२ का श्रवण चौधरीलाई ती आखेटोपहारसहित पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा ‘साइटिस’ महासन्धि, १९७५ विरुद्ध अपराध गरेकाले उनीहरुलाई मङ्गलबार राजधानीको गैरीगाउँबाट पक्राउ गरिएको प्रवक्ता सानुराम भट्टराईले बताउनुभयो । उहाँले अभियुक्तहरुलाई आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्