एसएसपीहरुको सरुवा : परिसरमा बसन्त लामा, ललितपुरमा रबिन्द्र धानुक



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका  वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवाको तयारी गरेको छ । स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी विश्वराज पोखरेलको ठाउँमा एसएसपी बसन्त लामाको सरुवा गरिन लागेको छ। पोखरेलको ६ महिनामा सरुवा हुन लागेको हो  । बालक निशान खड्का अपहरण र हत्या कान्डमा पोखरेल बिबादमा तानिएका थिए । काठमाडौंमा उत्तम सुवेदी पनि चर्चामा छन् ।

एसएसपी लामा  मोरङमा भएको सनम शाक्य र सुन तस्करी घटनाबारे छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीका सदस्य समेत थिए।

सुन काण्डमा असफल लामालाई काठमाडौंमा पुरस्कृत गरिने संभावना छ  । उनी प्रहरीमा अकुत सम्पत्ति कमाउनेहरु मध्यमा पनि अगाडि  आउँछन्न ।  ललितपुर प्रहरी प्रमुखमा गणेश ऐरको ठाउँमा रवीन्द्र धानुकलाई सरुवाको चर्चा छ । धानुक पहिला दुई महिना काठमाडौं बसेर ४ नम्बर प्रदेशमा सरुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्