“ विदेशको पैसाले अघाँए, मेहनत गरे नेपालमै सुन फल्छ”



विनोद सिंह विष्ट, बैतडी ।
“हामी नेपाली स्वेदशमा मेहनत गर्दैनौं, विदेश गएर पछुताउछौं” ४ बर्ष मलेसिया रोजगारी गरेर फर्किएका बैतडीका हर्क सिंह भण्डारीको भनाई हो यो । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फर्ममा ४ बर्षमा काम गरेका थिए । विदेशमा धेरै दुख कष्ट गरेर ४ बर्ष बिताएका भण्डारी हाल नेपालमा आफ्नै व्यवशाय सञ्चालन गरिराख्नुभएको छ ।

विदेशवाट फर्केर भण्डारीले श्रीमती पार्वती भण्डारीको सहयोगमा कुखुरापालन,माछापालन ,बाख्रापालन र गाँउमै खुद्रा पसल सञ्चालन गरिराख्नुभएको छ । ३० बर्षे युवक भण्डारीले अब भुलेर विदेश कहिल्यै नजाने सोच बनाएको छ । विदेशमा गर्ने मेहनत आफ्नै भुमीमा गर्यो भने सुनै फलाउन सक्छौं उनले भने“जुन मेहनत दुख कष्ट विदेशमा गछौं त्यो मेहनत स्वदेशमै गर्यौं भने नेपालमै सबै कुरा सम्भव छ ।”

वि स २०६६ सालमा रोजगारी गर्नको लागी २१ बर्षको उमेरमा विदेश पसेका भण्डारीले त्यहाँ गएर निकै दुख गर्नभयो । विदेशी भुमी,मलेसियाको गर्मी ,पोल्ट्रीफर्मको काम , मालिकको आदेश, न्युन तलब सम्झिदा अझै पनि श्वास रोकिन्छ भण्डारी आफ्नो भोगाई सुनाउछन् “आफ्नो घरपरिवार सबैको माया मारेर साहुँको ऋणको भारी बोकेर विदेसिए”उनले भने“चारबर्षपछी घरफर्किदै नत पैसा कमाईयो ,केवल साहुँको ऋण तिर्नमै ठिक्क भयो विदेशको पैसा ।”

मलेसियाको ५४६ रुपैंया न्युनतम तलव तथा नेपाली १० हजार रुपैयाँमा चार बर्ष गुजारेका भण्डारीलाई ती चार बर्ष काट्न समेत निकै गाह्रो भएको थियो । विदेश नजाँउ बरु आफ्नै देशमा पसिना बगाँउ नेपालमै विदेशमा कमाउन सकिने पैसा कमाउन सकिन्छ आशुँ टल्बलाउदै भने “विदेशमा आफ्नो भन्ने कोही थिएन विरामी हुँदा समेत बोल्ने मान्छे कोही हुन्थेन ” उनले थपे“देशमा रोजगारीको सिर्जना नहुँदा युवाहरु विदेशिन बाध्य छन् ।”

कोही कोही विदेश जाने बेला सुरुमा हौसिने भएपनि त्यहाँ पुगेर काम सुरु गर्दा विदेश किन आए भन्ने लाग्ने गरेको उनको अनुभव रहेको छ ।
मलेसियामा पोल्ट्री फर्ममा काम गरेका भण्डारीलाई काम सुरु गरेको ६ महिनासम्म निकै दुख गरे । काम सुरु गरेको ६ महिनासम्म त आत्महत्या नै गरौं कि भनेर सोचे उनले भने “दुख गरे एक दिन अवश्य सुख मिल्छ भन्ने सोच आयो अनि मनलाई कन्ट्रोल गर ।”

नेपालमा जसको सरकार आएपनि स्वदेशमै रोजगारी दिने खालको कार्यक्रम नहुँदा हजारौंं युवा बिदेसिन बाध्य भएका हुन् । निर्वाचनको बेला भोटको लागी मात्रै थुप्रै आश्वसन दिने गर्दछन् चुनाव जितीसकेकेपछी वास्ता नगर्दा युवाहरुको विदेसिनुपर्ने अवस्था आएको हो ।

आफुले जिते घरघरमा रोजगारी,विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने नेताहरु जितीसकेकेपछी गाउँका मुख समेत नदेखाउने गरेको स्थायिन बासिन्दाको आरोप रहेको छ ।

देशमा रोजगारीको सिर्जना भए म जस्तै विदेश गएर दुख गर्नुपर्ने अर्थात पछुताउनुपेर्ने थिएन भण्डारीले भने“साने ठुलो सुख दुख स्वदेशमै हुन्थ्यो ।”

विदेशवाट फर्केको केही दिनमै गाउँमै खुद्रा पसल थापेको भण्डारीले केही महिनामै कुखुरापालन सुरु गरेका थिए । त्यसपश्चात हाल आएर माछापालन व्यवशाय समेत गरिरहेका छन् ।

भण्डारीलाई उहाँकी श्रीमती पार्वती भण्डारीले पनि निकै सघाँईराख्नुभएको छ । श्रीमान श्रीमती दुबै मिलेर बैतडीको दोगडाकेदार गाउँपालिका ६ खौलाबजार व्यवशाय सञ्चालन गरिरहेका छन् ।

आफ्नै देशमा दुख गरे मनग्गे कमाइन्छ । विदेशवाट फर्केका भण्डारीको भनाई रहेको छ । विदेशमा सोचेजस्तो कमाई नभएर चिन्तामा थियो नेपालमा के कसो गर्ने भनेर तर अहिले आएर व्यवसाय सुरु गरे राम्रो कमाई हुदैछ उनले भने“मलेसियामा पोल्ट्री फर्ममा काम गर्दा नै फर्केर कुखुरापालन गर्छु सोचेको थिए ।”

कुखुरापालन,माछापालन, बाख्रापालन तथा खुद्रापसलवाट हाल भण्डारीले मासिक ३० हजार जति कमाउने गरेका छन् । नेपालमै विदेशको भन्दा राम्रो आम्दानी गरिराखेको छु उनले भने, “अब त नेपालमै व्यवशाय गरेर केही राम्रै प्रगती गरेर उदाहरणिय बन्छु ।”

खौलाबजारसम्म पुग्न यातायात तथा विद्युत को सुविधा नहुँदा व्यवशाय गर्न केही असजिलो भएको छ । दुई घण्टा लगाएर पन्ज्युनयाँ सडकसम्म पुगिन्छ उनले भने“सडक सुविधा तथा विद्युत पुग्यो भने अभफै व्यवशाय फस्टाउने थियो ।”

गरिबीको कारण पैसा कमाउन वैदेशिक रोजगारीमा मलेसिया गएका श्रीमान पैसा कमाउन नसकेर फर्केपछि श्रीमती पार्वतीलाई पनि व्यवसायमा लाग्ने सोच आयो । यही पेसाबाट अहिले परिवारको गुजारा भइरहेको समेत उनी बताउँछिन् ।

पार्वतीले भने ‘पैसा कमाउन विदेश गएका श्रीमान् रित्तो हात आए अनि त हाम्रो व्यवसायमा लाग्नेबाहेक अरू विकल्प नै भएन, अहिले खुसीसाथ जीवन गुजारा भइरहेको छ ।
विदेशवाट फर्केका पार्वतीका श्रीमानले भने ‘पार्वतीको सोचेको व्यवसायप्रति म पनि खुसी छु, वार्षिक राम्रो आम्दानी छ, अब विदेश जानुको सट्टा श्रीमान श्रीमती दुबै मिलेर यही व्यवसायलाई निरन्तरता दिने सोच बनाएका छांै ।’

अर्काको देश नजान श्रीमानलाई सुझाउदै व्यवशाय सञ्चालन गरेका हौं उनले भने“संगसंगै काम गरेर आप्mनै देशमा मेहनत गरौं भनेर दुबैजना व्यवशायमा लागेका हौं ।”

मैले अहिले गरिरहेको व्यबशायवाट राम्रो गरेर यहाँका अन्य युवाहरुलाई समेत रोजगारी दिने भण्डारीले बताए । एक छोरा एक छोरी रहेका भण्डारी दम्पत्तीले छोराछोरीको लालनपालन समेत राम्रैसंगै गरिरहेका छन् । हामीले गरेका व्यवशायमा स्थानिय सरकारले पनि सहयोग गरिरहेको छ भण्डारीले भने “दोगडाकेदार गाउँपालिकाले माछापालनका लागी ८० हजार सहयोग गरेको छ” राम्रो संग व्यवशाय सञ्चालन गरिरहेकोले गाउँपालिकाले सहयोग गरेको उनले बताए ।

व्यवशायिक रुपमा कृषि पेसामा लागेका कृषकहरुलाई गाउँपालिकाले अनुदान सहयोग गरिरहेको छ दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले भने “विदेशवाट फकेर राम्रो व्यवशाय गरिरहेकाले हामीले भण्डारीलाई अनुदान सहयोग गरेका हौं ।”

मासु, अण्डा र फलफूलमा आत्मनिर्भर हुँदै निर्यात गर्ने समेत गर्नका साथै आयआर्जनको पाटोलाई जोड दिइएको उनको भनाई रहेको छ ।
राम्रो व्यवशाय गरिरहेका व्यवशायीहरुलाई गाउँपालिकाले अनुदान सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्