टेलिकमकी प्रबन्ध निर्देशक कामिनी बर्खास्त



काठमाडौँ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बेलुकीको बैठकले राजभण्डारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदबाट हटाउने निर्णय गरेको हो ।

नेपाल टेलिकमको इतिहासमै पहिलोपटक राजभण्डारी खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक छानिएकी थिइन् । उनी टेलिकमको प्रबन्ध निर्देशक बन्ने पहिलो महिला पनि हुन् । २०७३ आश्विन ६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई तीन बर्षका लागि प्रबन्ध निर्देशक नियुक्त गरेको थियो । तर, दुई बर्ष पनि कार्यकाल नसकिँदै उनको पद गुमेको छ ।

वर्तमान सरकारले उनलाई गत जेठ ३० गते ११ वटा बुँदासहित स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्