बार्सिलोनाले जित्यो स्पेनिस सुपरकप 



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ ।
आइतबार राती मोरोक्कोमा भएको खेलमा सेभियालाई २–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । यो सँगै लियोनेल मेसीको कप्तानीमा बार्सिलोनाले सिजनको पहिलो उपाधि हासिल ग¥यो । आन्द्रेस इनेस्टाले बार्सिलोना छाडेपछि मेसी बार्सिलोनाका नयाँ कप्तान बनेका हुन् ।

उक्त खेलको सुरुमा १–० ले पछि परेको अवस्थालाई बार्सिलोनाले नतिजा उल्ट्यायो । टोलीको जितमा जेरार्ड पिके र ओसमाने डेम्बेलेले एक–एक गोल गरेका थिए । सेभियाका लागि भने पाब्लो सारावियाले सुरुवातमा एक गोल फर्काएका थिए ।

खेलको नवौ मिनेटमा पाब्लो साराबियाले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ४२ औं मिनेटमा भर्खरै अन्तर्राष्ट्रिय करिअर समाप्त गरेका पिकेको गोलमा बार्सिलोनाले बराबरी गोल फर्काएको थियो । यस्तै खेलको ७८ औं मिनेटमो डेम्बेलेले गोल गर्दै टोलीको जित पक्का गरेका थिए । त्यसो त खेलको इन्जुरी समयमा सेभियाले पेनाल्टीको अवसरमा गोल गर्न चुकेको थियो । बार्सिलोनाको यो सिजनको पहिलो उपाधि हो ।

गतवर्ष बार्सिलोनाले स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो । यस्तै बार्सिलोना स्पेनिस सुपरकप सर्वाधिक जित्ने टोली समेत बनेको छ । २२ पटक फाइनल पुगेको बार्सिलोनाको यो १३ औं सुपरकप उपाधि हो ।

प्रतिक्रिया दिनुहोस्