प्राविधिक शिक्षा सञ्चालन गर्न स्वीकृति



काठमाडौँ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले विभिन्न जिल्लाका ९५ सामुदायिक विद्यालयलाई तीनवर्षे प्राविधिक शिक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

विभिन्न जिल्लामा आठ वटा बहुप्राविधिक शिक्षालय स्थापना गर्नेसमेत निर्णय गरेको छ । तालीम परिषद्को आज बसेको बैठकले ती दुई महत्वपूर्ण निर्णय गरेको परिषद्का सदस्य–सचिव पुष्परमण बाग्लेले राससलाई जानकारी दिनुभयो ।

यसले प्राविधिक शिक्षाको विकास, विस्तार, पहुँच तथा गुणस्तरीय बनाउन कोशेढुङ्गाको काम गर्ने विश्वास गरिएको छ । यसअधि २१७ वटा सामुदायिक विद्यालयमा १८ महीने र तीनवर्षे प्राविधिक शिक्षा सञ्चालनमा रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनालाई मूर्तरुपसमेत दिएको छ । परिषद्अन्तर्गत हाल ३७ वटा आङ्गिक शिक्षालय, २१७ सामुदायिक विद्यालय, पाँच वटा साझेदारी शिक्षालय, ४२९ वटा निजी संस्थालाई प्राविधिक शिक्षाको स्वीकृति दिएको छ ।

यसैगरी बैठकले ओखलढुङ्गास्थित जिल्ला अस्पताललाई नर्सिङ तहको पठनपाठनका लागि संभाव्यता अध्ययन गर्न समिति गठन गर्ने र सो टोलीलाई स्थलगत अध्ययनमा पठाउने निर्णय भएको सदस्य–सचिव वाग्लेले जानकारी दिनुभयो ।

परिषद्अन्तर्गत हाल स–साना छोटा अवधिका ८०० तालीम सञ्चालनसमेत भइराखेको छ । “हामी गरिखाने, भूगोल र माटो सुहाउँदो शिक्षालाई समुदायस्तरमा पु¥याउने अभियानमा छांै ।” उहाँले भन्नुभयो । सदस्य–सचिव वाग्लेले सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउन कार्ययोजना तयार गरी कार्यान्वयनमा उतारेको जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्