४६ विद्यालयमा सुविधासम्पन्न भवन



रोशन पराजुली
२०७२ वैशाखको भुकम्पमा क्षति भएका मकवानपुरका विद्यालयमध्ये ४६ वटामा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिएको छ। सरकार तथा विभिन्न सहयोगी संघसंस्थाको सहयोगमा ती भवन निर्माणसम्पन्न भएर ती भवनमा पठनपाठन सुरु भएका छन्।

आर्थिक वर्ष २०७४। ०७५ मा ४६ वटा विद्यालयमा भवन निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन एकाईं (डीएलपीआईयु) मकवानपुरले जनाएको छ। भुकम्पले विद्यालय भवन भत्किएको, जोखिमपूर्ण बनेका भवनका कारण नियमित पठनपाठनमा समस्या भएका विद्यालयले हाल सहज पठनपाठन गर्न पाएका छन्। आव २०७४। ०७५ मा २ कोठे २० वटा, ३ कोठे ११ वटा विद्यालयका भवन निर्माण भइसकेका छन्।

यसअघि आर्थिक वर्ष २०७३। ०७४ मा ६३ वटा विद्यालयमा भवन र्निर्माण गरिएको छ। डीएलपीआईयुका अनुसार २ कोठे २८ वटा भवन निर्माण सम्पन्न भएका छन्। ३ कोठे १६ वटा, ४ कोठे ११ वटा, ६ कोठे ५ वटा, ८ कोठे ३ वटा निर्माण सम्पन्न भएका छन्।

डीएलपीआईयुमार्फत् गत आर्थिक वर्ष २०७४। ०७५ मा सबभन्दा बढी थाहानगरमा ५ वटा विद्यालय भवन निर्माण गरिएको छ। भीमफेदी गाउँपालिकामा २ वटा, बागमती गाउँपालिकामा ३ वटा, कैलाश गाउँपालिकामा ४ वटा, गढी गाउँपालिकामा ४ वटा, बकैया गाउँपालिकामा ६ वटा, राक्सिराङ गाउँपालिकामा ४ वटा, इन्द्रसरोवर गाउँपालिकामा एउटा र मनहरी गाउँपालिकामा २ वटा विद्यालय पुनर्निर्माण गरेको हो।

डीएलपीआईयुमार्फत् आर्थिक वर्ष २०७४। ०७५ मा ४१ करोड ३ लाख ९२ हजार रुपियाँ प्राप्त भएकोमा ३२ करोड ५५ लाख ७१ हजार रुपियाँ खर्च भएको डीएलपीआईयुका इञ्जिनियर सञ्जिव पुडासैनीले जानकारी दिनुभयो।

डीएलपीआईयुद्वारा थाहानगरमा ५ वटा, बागमती गाउँपालिकामा ५ वटा, कैलाश गाउँपालिकामा ७ वटा, मकवानपुरगढी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ५ वटा, राक्सिराङ गाउँपालिकामा ४ वटा, इन्द्रसरोवर गाउँपालिकामा एउटा, हेटौंडा उपमहानगरपालिकामा ५ वटा र मनहरी गाउँपालिकामा २ वटा विद्यालयमा भवन निर्माण भइरहेको छ।

निर्माण हुने तथा भएका विद्यालयमा बढीजसो प्राथमिक विद्यालय छन्। प्राथमिक तहका ४६ वटा, निम्न माध्यमिक तहका १९ वटा र माध्यमिक तहका ३ वटा विद्यालयमा भवन निर्माण कार्य भइरहेको छ।

२ कोठे १० वटा, ३ कोठे ५ वटा, ४ कोठे १३ वटा, ६ कोठे ६ वटा र ८ कोठे ३ वटा भवनहरू निर्माणाधीन छन्। २ कोठे २ वटा, ४ कोठे २ वटा र ६ कोठे एउटा भवन निर्माणाधीन रहेको एकाईंले जानकारी दिएको छ। हेटौंडा उपमहानगरको ज्वालादेवी प्रावि, बकैया गाउँपालिकाको बकैयाठाकुर निमावि, बागमती गाउँपालिकाको टंकेश्वर निमावि र ज्ञानकुञ्ज प्रावि र राक्सिराङ गाउँपालिकाको निमाविको काम अन्तिम चरणमा रहेको पुडासैनीले

जानकारी दिनुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) को ऋण तथा अनुदान सहयोगमा १९ वटा विद्यालयको कार्य प्रारम्भ भएको छ। जाइकाले हेटौंडा उपमहानगरपालिकामा ११ वटा, थाहानगरमा ६ वटा, भीमफेदी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ३ वटा, इन्द्रसरोवर, मकवानपुरगढी, बागमती, मनहरी र राक्सिराङ गाउँपालिकामा एक वटाको दरले विद्यालयमा भवन निर्माण
गर्ने भएको छ।

जाइकाको सहयोगमा हाल १० वटा विद्यालय निर्माणाधीन छन्। जाइकाबाट २६ वटा माध्यमिक तहका र ४ वटा प्राथमिक तहका विद्यालय निर्माण हुनेछ। प्लान नेपालमार्फत् ३ वटा विद्यालयको निर्माण सम्पन्न भएको छ भने २ वटा निर्माणाधीन छ। केयर नेपालले ४ वटा, कोसानले एउटा भवन निर्माण गरिसकेको छ। यसैगरी एस्थर बेञ्जामिन संस्थाले ७ वटा निर्माण सम्पन्न गरिसकेको छ भने ३ वटा निर्माणाधीन रहेको जिल्ला आयोजना कार्यान्वयन एकार्इंले जानकारी दिएको छ।

निर्माण भएका सम्पूर्ण भवन पक्की रहेको कार्यालयले जानकारी दिएको छ। विद्यालयहरूको निर्माणस्थल दुर्गम ठाउँमा भएका कारण पनि निर्माण सम्मन्न गराउन केही समस्या रहेको पुडासैनीको भनाइ छ। भुकम्पपछि अस्थायी सिकाइ केन्द्र (टीएलसी) मा र जोखिमयुक्त भवनमा पठनपाठन भइरहेको थियो। निर्माण गरिएका भवनहरू विद्यालयलाई हस्तान्तरण गरेर पठनपाठन सुचारु भएको एकार्इंले जानकारी दिएको छ।

हेटौंडा–४ स्थित भुटनदेवी माविमा प्राविधिक शिक्षालयका लागि भवन शिलान्यास भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्दप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको सल्लाहकार समिति संयोजक केदारप्रसाद न्यौपानेले भवन शिल्यान्यास गर्नुभएको हो।

जाइकाको सहयोग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत् केन्द्रीय आयोजना कार्यान्वयन एकाईं र जिल्ला आयोजना कार्यान्वयन एकार्इंको निरीक्षणमा भवन निर्माण हुने विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले बताउनुभयो। ३ वटा भवनमा २० कोठा रहने गरी निर्माण सुरु भएको भवन ६ करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो।

जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) को ऋण तथा अनुदान सहयोगमा १९ वटा विद्यालयको कार्य प्रारम्भ भएको छ। जाइकाले हेटौंडा उपमहानगरपालिकामा ११ वटा, थाहानगरमा ६ वटा, भीमफेदी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ३ वटा, इन्द्रसरोवर, मकवानपुरगढी, बागमती, मनहरी र राक्सिराङ गाउँपालिकामा एक वटाको दरले विद्यालयमा भवन निर्माण गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्