जीपको ब्रेकफेल हुदा दुधे बालकको मृत्यू, चार घाइते



पाल्पा ।
जिल्ला सदरमुकाम तानसेनकै अत्यन्त कठिन मानिने ओरालो वाटोमा जीपको व्रेक फेल हुदा भएको दुर्घटनामा एक दुधे वालकको मृत्यू भएको छ । दुर्घटनामा चार जना पैदलयात्रु घाइते छन ।
तानसेनको हुलाकचोकदेखि बसपार्कतर्फ जाँदै गरेको ग १ च ६७४८ नम्वरको डबल क्याप पिकअप जीप ओरालोमा अनियन्त्रित भई बाटोमा हिडिरहेका यात्रुहरुलाई ठक्कर दिदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा बगनासकाली गाउँपालिका–३, नायरनम्तलेसको ९ महिनाको बच्चा निशान बस्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहान ११ः४५ मा भएको उक्त दुर्घटनामा घाईतेहरुको युनाईटेड मिसन अस्पतालमा उपचार भईरहेको छ । घाईते हुनेहरुमा तानसेन नगरपालिका ६ बर्तुङ्ग विवासी ४८ वर्षिय कमला पाण्डे, बगनासकाली गाउँपालिका ३ की २६ वर्षीय लक्ष्मी बस्याल, बगनासकाली ३ कै ५ वर्षका नविन बस्याल, नवलपरासी घर बताउने ५२ वर्षका रामजी चौधरी रहेका छन् । घाइते मध्ये कमला पाण्डे, लक्ष्मी बस्याल र नविन बस्यालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जीपले सोही ठाउमा पार्किङ्ग गरी राखेको बा८९प ३११२ , लु २०प ५७९४ र बा ३२ प २०६४ नं.को मोटर साइकल र लु ३८ प ९०८२ , लु २८ प ३७१४ र लु २३ प ७७१६ नं.को स्कुटीमा समेत क्षति भएको प्रहरीको भनाइ छ । गाडी र चालक रैनादेवी छहरा गाउँपालिका ४ का कमल बहादुर खत्रीलाई प्रहरीले नियनत्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको वताइको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्