७२ वर्षिय बृद्धले स्वास्थ्य चौकी निमार्णका लागि दिए ५० लाखको जग्गा



सरोज यादव, विराटनगर ।
विराटनगर महानगरपालिका १४ नम्वर वडाका ७२ वर्षिय जगदिशप्रसाद यादवले वडा स्वास्थ्यचौकी निर्माणका लागि ५० लाख मूल्य बराबरको जग्गा महानगरपालिकालाई हस्तान्तरण गरेका छन । महानगरपालिकामा आयोजित कार्यक्रममा जग्गा दाता यादवले विराटनगर–१४ स्थित जतुवामा रहेको दुईकठ्ठा दशधुर जग्गा महानगरपालिकाकालाई हस्तान्तरण गर्नभएको हो ।
महानगरपालिकाको तर्फवाट प्रमुख भिम पराजुली र जग्गादाता यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो । महानगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्यचौकी निमार्णगर्ने उदेश्यले सो ठाउमा स्वास्थ्य चौकि निमार्ण गर्न लागेको

हो । महानगरपालिकाका प्रमुख भिम पराजुलीले जग्गा उपलव्ध भइसकेकाले भदौदेखि निर्माणकार्य शुरुहुने बताउनुभयो । त्यसका लागि महानगरपालिकाले १० लाख रुपैया छुटयाएको वताउनुभयो ।

जग्गादाता यादवले गरिव तथा विपन्नवर्गका समुदायलाई सहज रुपले स्वास्थ्यसेवा पाउन भन्ने उदेश्यले जग्गा हस्तान्तरण गरेको वताउनुभयो । १४ नम्वर वर्डाका वडाध्यक्ष वलदेव यादवले जग्गा प्रदानगर्नु हुने जगदिश यादवलाई धन्यावाद दिदै महानगरको विकासमा सवैको सहयोग अपरिहार्य रहेको वताउनुभयो ।
कार्यक्रममा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की तथा कार्यकारी अधिकृत कुमार दाहालको सहभागित थियो । जग्गा दाता यादवले यस अघि वडामा रहेको श्रीवाल मावि निमार्णका लागि ६ कठ्ठा जग्गा समेत दान दिनु भएको थियो ।यादवले आफुले पाउने सामाजिक सुरक्षाभत्ता समेत मठ मन्दिरलाई दिदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्