पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध



विनोद सिंह विष्ट, बैतडी ।
केही दिनदेखिको लगातारको बर्षाका कारण सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सिगास गाउँपालिका ९ श्रीभावरमा आज बिहान साढे ६ बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पहिरो खस्दा राजमार्ग पुर्ण रुपमा बन्द हुँदा सवारी साधन चल्न सकेका छैनन् । यातायातका साधन पुर्ण रुपमा बन्द हुदा लामो तथा छोटादुरीका यातायातका साधन रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् । अवरुद्ध सडक डोजरको सहयताले खुलाउने प्रयास भईरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्