क्रिकेट सिक्ने वातावरण नभएकै कारण ६ खेलाडी आफ्नै खर्चमा क्रिकेट सिक्न दिल्ली गए



सरोज यादव, विराटनगर ।
खेल त्यसमा पनि क्रिकेट प्रतिको जुनुन भएपछि खेलाडीले जस्तोसुकै कठिन बाटो पनि रोज्न सक्छ भन्ने मान्यता विराटनगरका ६ जना क्रिकेट खेलाडीले देखाएका छन् ।
विराटनगरका ६ जना क्रिकेटरहरु क्रिकेट प्रशिक्षणको लागि दिल्ली गएका छन् । देशमा त्रिकेटको माहोल सृजना भएपनि क्रिकेटको अभ्यास गर्न क्षमतावान प्रशिक्षक तथा प्रशिक्षणस्थलको अभावका कारण क्रिकेट खेल्ने वातावरण नबनेपछि उनीहरु दिल्ली गएका हुन् । प्रशिक्षणका लागि जाने क्रिकेटर सिद्धान्त लोहनीको, मेहबुब बाबू ईराकी , मुकुन्द यादव , अमृत सिहं , दिपक पासवान , श्रवण यादवको टोलीलाई आईतबार विराटनगर स्पोर्टिङ क्लवले विदाई गरेको छ ।क्लबका अध्यक्ष मोहम्मद नसरुलले खेलाडीहरुलाई प्रशिक्षणको लागि शुभकामना दिँदै विराटनगरमा क्रिकेट प्रशिक्षणको वातावरण नबन्नु दुखद् भएको बताए ।

विराटनगरमा क्रिकेट खेलीरहेका ६ जना खेलाडी आफ्नै खर्चमा क्रिकेट सिक्न दिल्ली गएका हुन । विराटनगरमा राम्रो अभ्यास गर्न प्रशिक्षण तथा मैदानको अभाव भएपछि भारतको राजधानी नयाँदिल्ली जान लागेको उनीहरुले बताएका छन । विराटनगरका सिद्धान्त लोहनी जसले नेपालको सिनियर टिमको खेलमा राम्रो प्रदर्शन गर्न सफल भइसकेका खेलाडी हुन,उनकै नेतृत्वमा अहिले विराटनगरका मेहबुब बाबू ईराकी , मुकुन्द यादव , अमृत सिहं , दिपक पासवान , श्रवण यादवको टोली भारत जान लागेको हो । उनीहरुले भारतको दिल्लीमा रहेको मदनलाल क्रिकेट एकेडेमीमा ३ महिना लामो प्रशिक्षण गर्ने खेलाडी सिद्धान्त लोहनीले बताए ।
चासो छैन सम्बन्धित निकायलाई
खेलकुद निकायले कुनै साथ नदिने भएको हुनाले आफ्नै खर्चमा भएपनि प्रशिक्षणमा जान लागेको लोहनीले दुखेसो पोखे । बिराटनगर रहेका कुनैपनि खेलकुद वा क्रिकेट खेल हेर्ने निकायले खेल र खेलाडीको बारे नसोच्दा आज खेलाडीहरु अर्को देशमा गएर खेल्नुपर्ने अवस्था वा खेल जीवन नै छाडेर खेलबाट पलायन हुनुपर्ने अवस्था रहेको खेलाडीको गुनासो छ । बिराटनगर शहिद मैदानमा रहेको अभ्यास पिच पनि बिग्रिएको र मर्मत गर्न धेरै पटक भने पनि कसैले चासो नदिएको खेलाडीहरुले बताएका छन ।
बिराटनगरमा क्रिकेट खेल्ने वा अभ्यास गर्ने ठाउँ नै नभएपछी हामी आफ्नै पैसा लगाएर भारत जान लागेका हौ, अर्का खेलाडी महबुबले बताए ।

तस्विर:

प्रतिक्रिया दिनुहोस्