डा.केसी र ओली बीचको छलफल सकारात्मक



काठमाडौ ।
प्रधानमन्त्री केपी ओली र प्रा.डा.गोविन्द केसी बीच २ साता अघि डा.केसीसँग सरकारले गरेको सम्झौताको कार्यान्वयका बिषयमा शनिवार वालुवाटरमा सकारात्मक छलफल भएको छ ।
चिकित्सा शिक्षा सुधारका बिषयमा प्रा.डा. गोविन्द केसीसँग सरकारले १५ औं अनसन तोडाउने बेलामा गरेको सम्झौता कार्यान्वयनका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र डा.केसी बीच शनिवार वालुवाटरमा झण्डै २ घण्टा लामो छलफल भएको थियो ।
सम्झौता कार्यनयनको बिषयमा प्रम ओली र डा केसी बिच बालुवाटारमा भएको छलफलमा डा केसीका तर्फबाट डा केसी सहित डा सुरेन्द्र भण्डारी,ओम प्रकाश अर्याल, डा अभिषेक राज सिंह, बिशद दाहाल, डा बिश्व राज तिमिल्सिना, प्रितम सुवेदी रहनुभएको थिया । त्यसैगरी सरकारको तर्फबाट प्रम ओली सहित प्रमुख सल्लाकार बिष्णु रिमाल र प्रेस सल्लाकार डा कुन्दन अर्याल हुनुहुन्थ्यो ।

डा.अभिसेकले छलफलाका बिषयमा जानकारी दिँदै भन्नुभयो– सम्झौताका क्रममा २ साता भित्र कार्यदल गठन गर्ने सम्झौता भएको थियो । कमिटी गठ गर्न ढिलाई किन भयो भन्ने प्रश्न राखिएको थियो । प्रधानमन्त्री ओलीले सम्झौता हु बहु कार्यान्वन गर्ने बताउनुभयो । उहाँले शिषा मन्त्रीलाई बोलाए आजै जानकारी लिने समेत प्रतिवद्धता गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले डा.केसीसँग प्रतिबद्धता गरे लगत्तै शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई छलफलका लागि वालुवाटार बोलाई सकेको जानकारी दिनुभएको पनि डा.अभिसेकले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो । छलफलका क्रममा डा.केसीले सम्झौता कार्यान्वयन भएन भने फेरि अनसन बस्छु भन्नुभयो । प्रम ओलीले अब बस्नुपर्दैन सहमति गरिएको विषयमा आफू इमानदार भएको र फेरि अनसन बस्ने अवस्था आउन नदिने बताउँनुभएको थियो । प्रम ओलीले जति सक्दो चाँडो सम्झौताको कार्यान्वयन गराउँछु भन्नुभयो ।
डा.केसीसँग सरकारले १५ औं सत्याग्रह टुंग्याउने क्रममा नौ बुँदे सहमति गरेको थियो । त्यसै सहमति अनुरुप हाल संसदीय प्रक्रियामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ मा सत्तारुढ दल तथा विपक्षी दलका सांसदहरुबाट संशोधन समेत हालिएको छ । सत्याग्रह टुंग्याउने क्रममा सत्तारुढ दलका जिम्मेवार नेताहरु आएर सहमतिलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पृष्ठभुमिमा तिनै संशोधन सहित तथा थप तोडमोड नगरी चिकित्सा शिक्षा ऐन शीघ्र जारी हुने विश्वास हामीले लिएका छौं डा.केसी भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्