हुम्लामा खानेपानी अभाव



हुम्ला ।
सदरमुकाम सिमीकोटदेखि ३ किलोमिटर पर छल्ट्रा खोला मुहानको ट्यांकी र पाइप आज बिहान भारी वर्षापछि पूरै क्षतिग्रस्त भएको छ ।
खानेपानी समितिका सदस्य लोकमणि राउतले गाउँमा आजैदेखि खानेपानीको अभाव भएकाले मूलहरुबाट पानी ल्याउन सर्वसाधारण जनता र कर्मचारीलाई दुई घण्टा लाग्ने बताउनुभयो । सिमीकोट गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामाका अनुसार यही साउन २५ गते प्राविधिकले सो ठाउँमा निरीक्षण गर्नेछन् ।

यसैबीच सिमीकोट गाउँपालिका –८ स्थित मेलघाट र भरीघाटको काठेपुल अविरल वर्षाले बगाएपछि यम्बु गाउँका मानिसलाई सदरमुकामबाट उपभोग्य सामान ल्याउन कठिनाइ भएको वडाध्यक्ष चक्र बुढाले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्