अमेरिका: साइबर खतरा



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पद्वारा यसै हप्ता पुन प्रतिबन्ध लगाएको जवाफमा इरानले साइबर हमला गर्न सक्नेमा साइबर सुरक्षा तथा गुप्तचर विशेषज्ञहरुले सचेत गराएको छ ।

ट्रम्पले सन् २०१५ को परमाणु सम्झौताबाट फिर्ता हुने निर्णयपछि गत मे देखि नै इरानको तर्फबाट साइबर हमला हुन सक्ने विषयमा चिन्ता ब्यक्त गरिएको थियो । अमेरिकाले तेहरान विरुद्ध आर्थिक प्रतिबन्ध पुन लागु गरेपछि मंगलबारबाट खतरा अझ बढेको विज्ञहरुले बताए ।

तर इरानले आफनो साइबर क्षमताको प्रयोग आक्रमण्को उद्देस्यले गर्ने कुरालाई अस्विकार गरेको छ । उसले अमेरिका आफैलाई निसाना बनाइरहेको आरोप पनि लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्