बाढीबाट यस बर्ष जोगिए गुलरिया पुर्ण सुरक्षित हुने



बिष्णु तिमिल्सिना, बर्दिया ।
बबई नदीको कटान र दुबानबाट असुरक्षित भएको गुलरिया नगरपालिकालाई यस बर्ष जोगाउन सके अर्को बर्षदेखि पुर्ण सुरक्षित हुने गरी नदी नियन्त्रणको कार्य भईरहेको छ । बबई, भादा, ओराही नदी नियन्त्रण आयोजनाद्धारा गत अर्थिक बर्षको फाल्गुण महिना देखि नदी तटबन्धको कार्य गरीरहेकोले गुलरिया नगरपालिका पुर्ण सुरक्षित हुने भएको हो ।
बर्दिया जिल्लाको बिचभागमा बग्ने बबई( भादा)नदीको बाढी(कटान)बाट प्रत्येक बर्ष क्षति हुदै आईरहेको जमिन र बस्तिको सुरक्षा गर्नु चिन्ताको बिषयको रुपमा रहेको छ । यसका लागि बिगतमा गुलरिया बचाउ अभियान पनि शुरु गरिएकै थियो तर ब्यबस्थित, प्रभाबकारी र दिगोरुपले हुन नक्दा बिगतका प्रयासहरु बालुवामा पनि हाले जस्तै भएका थिए । यो आयोजनाको स्थापना पछि गुलरिया सुरक्षित हुनेमा स्थानीय जनता आशाबादी रहेका छन् ।

नदी नियन्त्रण गर्नका लागि आर्थिक बर्ष २०७१।०७२ देखि सञ्चालन भएका १८ वटा ठेक्कका र गत बर्ष लगाईएका नौ वटा ठेक्का गरी २७ वटा ठेक्का मध्य ११ वटाको काम सम्पन्न भईसकेको र ७ वटाको कार्य सम्पन्न हुने अबस्थामा रहेको सो आयोजनाका प्रमुख नारायण सुबेदीले जानकारी गराउनु भयो ।

बिगत बर्षहरुमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय नेपालगंजबाट सञ्चालन हुदै आएका कार्यहरु पनि भईरहेकोमा गत आर्थिक बर्ष बर्दिया जिल्लामा नै बबई भादा ओराही नदी नियन्त्रण कार्यालयले काम गरीरहेको छ । यसभन्दा पहिले नेपालगंजले २१ वटा आयोजना सञ्चालन गरिहेकोमा हाल बबई, भादा ओराही आयोजनाले ६ वटा आयोजना सञ्चालन गरेको छ ।
गत आर्थिक बर्ष २०७४।०७५मा स्विकृत भएका २० वटा साना प्याकेजका योजनाहरु पनि सम्पन्न भएको छ । बबई नदीको पश्चिम किनारका जाखिममा रहेको पन्डीतपुर, पर्याकपुर, रामपुरटप्पर, भादा पशुहाटबजार, थपुवा, लट्कनीया आदी स्थानहरुमा तटबन्ध गरी सुरक्षित गर्नका लागि ठेक्का भईसकेको छ । हाल काम शुरुभई सकेकोले केही ठाँउमा सम्पन्न भईसकेको र केही सम्बेदनशिल स्थानमा काम सम्पन्न हुन बाँकी रहेकोले चालु आर्थिक बर्षमा सम्बेदनशिल स्थानहरु सुरक्षित हुने छन् । तर हाल काम सम्पन्न नभईसकेकोले यस बर्ष जोखिमबाट जोगाउन आपतकालिन प्रयास भईरहेको कुरा प्रमुख सुबेदीले बताउनु भयो ।

यस बर्ष जोगाउनका लागि जिल्ला विपतब्यबस्थापन समितिको निर्णय बमोजिम अल्पकालिन सुचनाद्धारा ठेक्का आह्वान गरी काम शुरु भएको छ । बोरामा माटो भरेर प्लाष्टिकको जालीमा भर्ने, बाँसलाई गाडेर जालीलाई सुरक्षित गर्ने कार्य भईरहेको कुरा आयोजना प्रमुख सुबेदीले बताउनु भयो ।
गुलरिया नगरपालिकालाई सुरक्षित गर्ने उदेश्यले स्थापना गरिएको आयोजनाको कुल ३ अर्ब ९२ करोडको लागतमा २८ किलोमिटर लामो तटबन्ध निर्माण लक्ष्य रहेको थियो । फेरी स्थलगत रुपले अध्ययन गर्दा नदीको उत्तर पुर्ब बारबर्दिया नगरपालिकाको क्षेत्र पनि सुरक्षित गर्नको लागि गुरु योजना सम्शोधन गरी १३ अर्ब २१ करोड रुपैयाँ लागत खर्च ४८ किलोमिटर नदी नियन्त्रण(तटबन्ध)को प्रस्ताब गरी बिभागमा पठाइएको छ । उक्त योजना स्विकृत भएका गुलरिया ठाकुरबाबा र बारबर्दिया नगरपालिका बबई भादा र ओराही नदीबाट जोखिमबाट सुरक्षित हुने कुरा बताउनु भएको छ ।

यसैगरी गत आर्थिक बर्षमा बिभिन्न २७ वटा ठेक्का मार्फत ५६ करोड २२ लाख रुपैयाँ खर्च भएको र प्रस्ताबित भौतिक प्रगति शतप्रगति भएको छ । गत बर्ष ३ दशमलब १ किलोमिटर नयाँ तटबन्ध निर्माण, १२ दशमलब ६४ मिटर रिभेटर(पुननिर्माण), ७९ वटा स्परस्टक (तटबन्धरोकावट) र ३ वटा क्रसडे«ननेट स्टकचर बनेको छ । पहिले निर्माण गरीएका संरचनालाई समेत गरी ८ हजार ५ सय ५७ मिटर अध्याबद्यिक निर्माण कार्य गरीएको आयोजनाका सुचना अधिकारी ईन्जिनियर केशब अधिकारीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्