१० दिने अभिमुखीकरण तालिम शुरु



नेपाल समाचारपत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाका अधिकारीहरुलाई बिद्युतीय सञ्चार माध्यमको प्रयोगबाट सञ्चालन गरिने खरिद कार्य इजिपि (इलेक्ट्रोनिक गभर्मेन्ट प्रक्योरमेन्ट सिस्टम) सम्बन्धि १० दिने अभिमुखीकरण शुरु भएको छ । सोमबारदेखि शुरु भएको महानगरको खरिद इकाइ, जिन्सी शाखामा कार्यरत अधिकारी तथा इञ्जिनियरसहभागी छन् ।

कार्यक्रमको उद्घाटन गर्दै महानगरका सहसचिव राजेश्वर ज्ञवालीले सार्वजनिक निकायले खर्च गर्ने क्षमताको विकास गर्नु पर्नेमा जोड दिनुभयो । सार्वजनिक निकायको खर्चले आर्थिक गतिशिलता बढ्छ । त्यसैले लक्षित समयमा लक्षित रकम खर्च गरेर गतिशिलता बढाउने काम गर्नुपर्छ । बिद्युतीय सञ्चार माध्यमले सार्वजनिक खर्च व्यवस्थापनमा सहयोग गर्छ, उहाको भनाइ थियो ।

मानव संसाधन विकास महाशाखाका प्रमुख नमराज ढकालको महानगरको बोलपत्र स्वीकार गर्ने पोर्टल थियो । त्यसबाट प्रस्ताव लिन सकिन्थ्यो, अव प्रणाली परिवर्तन भएको छ ,सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास गरेको पोर्टलको प्रयोगपछि निश्चित समयमा मुल्याङ्कन पनि हुनेछ, महानगरको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्