न्यायाधीश शर्मा विरुद्ध न्यायपरिषद्मा गंगामायाको उजुरी



रामकृष्ण चापागाई, काठमाडौं
छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्ले पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहिको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गर्नुभएको छ ।

हत्याका आरोपित छविलाल पौडेल न्यायीक हिरासतमा बसेसंगै न्यायाधीश शर्माले मुद्धा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै अधिकारीले न्यायपरिषद्लाई छाविन गरि कारवाहीको माग गर्नुभएको हो । अनुचित प्रभावमा परी न्यायाधीशको आचरण प्रतिकुल हुने गरी काम गरेको भन्दै न्यायपरिषदमा मंगलबार अधिवक्ता पुष्पराज पौडेलले उजुरी दर्ता गराउनु भएको थियो ।

उजुरीमा हत्याका आरोपी न्यायीक हिरासतमा बसेको भोलि पल्टै आफ्नो मुद्दा हेरि रहेका न्यायाधीश शर्माले साउन २० मा तोकिएिको पेशिमा फैसला नै हुन्छ भनि न्यायीक आचरण विपरित प्रतिवादी छविलाल पौडेल समेतको प्रभावमा परी कानून विपरित मुद्दामा कार्वाही गर्ने गरि पत्रकार सम्मेलन गर्नु भएकोले न्याय परिसद ऐन २०७३ को दफा ११ को उपदफा (१) को देहाय (च) को आधारमा यो उजुरी निवेदन दिन वाध्य भएको गंगामायाले जनाउनु भएको छ ।

मुलुकी ऐनको ११५ नंम्बरमा निर्दिष्ट कार्यविधीको अंग नै नपुु¥याई न्यायीक आचरण विपरित प्रतिवादी छविलाल पौडेल समेतका प्रतिवादीहरुलाई सफाई दिने गरी फैसला नै गर्ने आशयको न्यायाधीश शर्माले पत्रकार सम्मेलन गरेको उहाको आरोप छ ।

२०६१ जेठ २४ गते अधिकारीको कान्छो छोरा कृष्णप्रसाद अधिकारीलाई आफ्ना चितवन बस्ने हजुरवा हजुर आमालाई भेट्न गएको अवस्थामा छवीलाल पौडेल समेतको सुनियोजित योजना अनुसार माओवादी लडाकुहरुलाई प्रयोग गरि रत्न नगरको बकुलहर चोकबाट अपहरण गरि क्रुर यातना दिई वेलुका ठाउंमा ल्याई गोली हानी हत्या गरिएको भनि जिल्ला अदालत चितवनमा मुद्धा दर्ता भएको थियो ।

२०६२ जेठ २५ गतेका गंगामायाका पति नन्दप्रसाद अधिकारीले प्रारम्भिक जाहेरी दरखास्त दिएकोमा सरकारको तर्फवाट कुनै कारवाहि नगरेकोमा पुनः जेठो छोरा नुरप्रसाद अधिकारीले मिति २०६२ मंसिर २६ मा किटानी जाहेरी दिए पछि पनि अनुसन्धान नगरी उल्टो सरकारले मुद्दा नै नचलाउने गरी कारवाहि तामेलीमा राख्ने निर्णय गरेको थियो ।

त्यसपछि नन्दप्रसाद र गंगामाया हत्यारालाई कार्वाहि गर्नुपर्ने भन्दै आमरण अनसन बसेका थिए । आमरण अनशनमा बसेर सघर्ष गरेको कारण र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा राष्ट्रिय मानव अधिकार आयोगको सशक्त सिफारिसका कारण वाध्य भई नेपाल सरकारले वारदात भएको १० वर्ष पछि २०७२ चैत ३० मा उक्त मुद्दा चितवन जिल्ला अदालतमा दर्ता गरेको थियो ।

छोराको हत्त्यारालाई कारवाहीको माग गर्दै आमरण अनशन बसेका नन्द प्रसाद अधिकारीको अनसनकै क्रममा ३ सय ३३ औं, दिन अर्थात २०७१ असोज ६ गते विर अस्पतालमा मृत्यु भएको थियो । उहांको आज सम्म पनि दाह संस्कार हुन स्व. नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पताल माहाराजगंजको शव गृहमा राखिएको छ ।

जाहेरवाला तथा गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारी प्रतिवादीहरुकै डर त्रासको कारण सम्पर्क विहिन अवस्थामा रहेको बताइएको छ । गंगामायाले सम्पर्क विहिन जेठा छोराको समेत खोजि गरिदिन मानवअधिकारबादी संघ संस्था गुहारेको अधिकारकर्मी चरण प्रसाईले बताउनु भएको छ ।

हत्यामा संलग्न भनिएका मध्येका एक रुद्र आचार्य हाल आयर ल्याण्डमा लुकीछिपी बसेकोमा उनलाई नेपालमा सुपुर्दगी गराउन समेत उहांले आग्रह गर्नु भएको छ । गंगामायाको जेठो छोरा नुरप्रसाद विगत ४ वर्षदेखि सम्पर्क विहिन भएको अधिकारकर्मी प्रसाईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्