ओजीलको समर्थनमा जर्मन प्रशंसक



बर्लिन, (एजेन्सी)
मेसुट ओजीलले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि उनको समर्थनमा करिब सयौं जर्मन प्रशंसक बर्लिन सहरमा जम्मा भएका छन् । ओजीलले टर्कीसँगको सम्बन्धप्रति रंगभेद र अपमान उनीमाथि गरेको भन्दै जर्मन फुटबलको जर्सी नलगाउने निर्णय लिएका हुन् । बर्लिनमा आईतबार जम्मा भएका उनका समर्थकले आई एम ओजील लेखिएको टी शर्ट लगाएका थिए । उनीहरुले टर्की र जर्मनीको झण्डा फहराएर आर्सेनलका मिडफिल्डरसँग रहेको दर्शाए ।

ओजीलले गत साता घृणा गरेको मेल र धम्की आएको तथा जर्मनीको विश्वकपमा निरस प्रदर्शनमा उनलाई कारक बनाएको बताएका थिए । तर जर्मनी फुटबल संघले रंगभेदको उनको आरोपलाई अस्विकार गरेको थियो । २९ वर्षीय ओजीलले मे मा टर्कीका राष्ट्रपति रेसेप टायीप इर्डोगानसँग खिँचाएको तस्वीर सार्वजनिक भएपछि उनको आलोचना भएको थियो ।

ओजीलले संन्यासको घोषणा गर्दा भनेका थिए—हामी जितेमा म जर्मन तर हामी हारेमा म प्रवासी हुँ ।

उनको अन्तर्राष्ट्रिय करिअरबाट बहिर्गमनमा जर्मनीका पूर्व स्ट्राइकर फ्रेडी बोबिकले बताए —मलाई लाग्यो यो कायरता हो । सोसियल मिडियामा ओजिलको आलोचनामा खासगरी जर्मन फुटबल संघ लाटो बनिदियो । यो रंगभेदकै कडी हो । उनले टिभीमा प्रत्यक्ष अन्तर्वार्ता दिनु सक्नु पथ्र्यो । हामी फुटबलरहरुका लागि नियम भनेको मान्छे बन्नु र डट्नु हो ।

प्रतिक्रिया दिनुहोस्