नेपाल ९ विकेटले विजयी



एमसीसी टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।
बेलायतको लर्डस् मैदानमा जारी त्रिपक्षीय टी २० शृंखलाको पहिलो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको हो । वर्षाका कारण ६ ओभरमा छोट्याइएको सो खेलमा एमसीसीले पहिले ब्याटिङ गर्दै नेपाललाई ४१ रनको चुनौती दिएको थियो । उक्त लक्ष्य नेपालले ४ दशमलव ४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।

एमसीसीका लागि कप्तान माहेला जयवर्धनेले सर्वाधिक २४ रन बनाउदै नटआउट रहे । सोमपाल कामीले २ र शक्ति गौचनले १ विकेट लिएका थिए । सन्दीप लामिछाने भने एक ओभर बलिङ गर्दा १३ रन दिएर सबैभन्दा महँगा साबित भए । जवाफी ब्याटिङमा उत्रिएको नेपालले आठ बल बाँकी छँदै एक विकेट गुमाएर विजय लक्ष्य हात परेको थियो ।

नेपालका सुवास खकुरेलले १५ बलमा २ चौकासहित १६ रन बनाई आउट भए । खेलको एकमात्र छक्कासहित ४ बलमा १२ रन ज्ञानेन्द्र मल्लले बनाए भने अनिल शाहले ९ बलमा दुई चौकासहित ९ रन बनाए ।

नेपालले अब टी–२० अन्तर्रा्ष्ट्रिय खेलमा नेदरल्याण्ड्ससँग खेल्नेछ । नेदरल्याण्ड्सले पनि पहिलो खेलमा एमसीसीलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्