अचम्मको कुर्ची



‘आफ्नो आङको जुम्रा नदेख्ने अर्का आङको भैंसी’ यो उखानसँग मेल खाने उपयुक्त पात्र नेपाली राजनीतिमा बग्रेल्ती भेटिन्छन् । सत्तामा रहँदा पर्याप्त तारिफ र प्रशंसाका शब्द÷बाक्य रुचाउने नेताज्यूहरु सत्ता बाहिर रहँदा शतप्रतिशत परिवर्तन हुन्छन् ।

सत्ताबाट विदा हुने वित्तिकै मन्त्री, प्रधानमन्त्रीलाई खोट देखाउनु, विपक्षी विरुद्ध अनेकथरी विशेषण जोडदै गाली गलौजमा उत्रिनु नेताज्यूहरुको वास्तविक परिचय हो । हिजो–आज काँग्रेस खरो रुपमा सरकार विरोधी बन्या छ, सडक र सदनबाट सरकारलाई असफल बनाउने मिसनमा लाग्या छ ।

काँग्रेस सभापति देउवा भन्छन्–‘जसरी पनि सरकारलाई घुणा टेकाउँछौ’, ‘केपी सरकार जुन सुकै हालतमा बखास्त गराउने छौ ।’ गाली गर्न अरु नयाँ कुरा, नयाँ वाक्य र नयाँ शब्द जान्या भए पो, जे जान्या छन्, त्यहि त हो नि बोल्ने । लजास्पद रुपमा खस्किएको आफ्नो दल हैसियत र संगठन सुधार्ने वाक्य त उनी झुक्किएर पनि बोल्न जान्दैनन् कि क्या हो ?

धरहरा उनको बोली बुझ्दैन, कहि कतै त्यस्तो पनि बोल्छ्न कि, बोल्छन् भने यसो खवर पाऊ है पाठकवृन्द । निकै प्रष्ट बोली भएका ओली पनि निकै परिर्वतन भएका छन्, हिजो–आज उनी निकै ढुलमुल शैलीमा बोल्न थाल्या देख्दा÷सुन्दा त्यो कुर्ची नै अचम्मको रैछ भन्ने धरहरालाई लाग्या छ ।

प्रतिक्रिया दिनुहोस्